आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १ का अध्यक्ष के. सी.द्वारा पदभार ग्रहण , बालबालिकाकाे हकमा पहिलाे निर्णय

    प्रकाशित २०७९ जेष्ठ ६, शुक्रबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली । स्थानीय तहकाे निर्वाचन सकिए लगतै देशैभरि मत परिणाम सार्वजनिक तथा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिरहेका छन्। यसैबिच शुक्रबार देवचुली एक नवलपुरका वडा अध्यक्ष कृष्णबहादुर केसीले आफ्नाे पदभार सम्हाल्नु भएको छ । पदभार हस्तान्तरण समाराेहमा पुर्व वडा अध्यक्ष लक्ष्मणराज भण्डारीले आफुले प्राथमिकताका साथ अगाडि सारेका याेजनाहरु सम्पन्न गर्नकाे लागि नव निर्वाचित वडा अध्यक्ष केसीलाई आग्रह गर्नुभएको थियाे । साथै उहाँले वडाकाे समुन्नत विकासमा सधै हातेमालाे गर्ने साथ र सहयाेग गर्ने समेत प्रतिवद्धता जाहेर गर्नुभएको थियाे ।

वडा अध्यक्ष केसीले वडा समितिकाे पहिलाे बैठक बसि देवचुली नगरपालिका बालमैत्रि नगरपालिका भएकोले वडा भित्र रहेका बालबालिका जाे आर्थिक अभावका कारण अध्ययन गर्न सकेका छैनन् उनीहरु सबैकाे अभिभावक वडा रहने र ती बाल वालिकाकाे अध्ययनका लागि सबै किसिमकाे सहयाेग गर्ने निर्णय गरेकाे छ । त्यस्तै दलित अपांगकाे हकमा समेत वडाले विद्यालयसंग समन्वय गरि नि:शुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।

पदभार सम्हाल्दै अध्यक्ष केसीले पुन आम वडाबासी , अध्यक्ष लगायतका पदहरुका प्रत्यासी सबै उम्मेद्वार , मतदाता , समर्थक शुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरि रचनात्मक सहयाेगकाे लागि आवहान गर्नुभएको थियाे ।

नेकपा एमाले देवचुलिका अध्यक्ष समेत रहनुभएका केसी वडा मै रहेकाे नेपाल नमूना मा वि काे १६ वर्षसम्म विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष , लालिमा कृषि सहकारीकाे संस्थापक अध्यक्ष ,विभिन्न संघ संस्थाकाे सल्लाहकारमा रहि सामाजिक कार्यमा निरन्तर लागिरहनु भएको थियाे ।

Write your Comment