आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा नवनिर्वाचित नगर प्रमुखको सपथ ग्रहणसँगै महत्वपूर्ण तिन निर्णय

    प्रकाशित २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)

देवचुली । देवचुली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले सपथ ग्रहण पश्चात नगरबासीका लागि तीन विषयमा निर्णय गर्नुभएको छ ।

शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गरे लगत्तै नगर प्रमुख हरि न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने पहिलो निर्णय गर्नुभएको हो ।
यस्तै विपन्न, जेष्ठ नागरिकका लागि स्वास्थ्य सुविधा अन्तरर्गत वर्षमा २ पटक घरघरमै गएर स्वास्थ्य परिक्षण र परामर्श कार्यक्रम आयोजना गर्ने दोस्रो निर्णय रहेको छ भने गर्भवती तथा विपन्नताका कारण सल्यक्रियाका समयमा रगतको व्यवस्थापनको कार्यमा रक्त परिक्षणको शुल्क बापतको रकम अन्यत्र निकायबाट अनुदान नभएको अवस्थामा अन्तरप्रदेशमा समेत खर्च हुन आएको रक्त परिक्षण शुल्कबापतको रकम कार्यविधि तयार बनाइ नगरबाट समेत अनुदान उपलब्ध गराइने गरि तिन वटा निर्णयहरु गरिएको छ।

Write your Comment