आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

समृद्ध र समुन्नत नगर बनाउन प्रतिबद्ध छौँ – नवनिर्वाचित नगरप्रमुख न्यौपाने

    प्रकाशित २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकालाई समृद्ध र समुन्नत नगर बनाउन प्रतिबद्ध रहेको नवनिर्वाचित देवचुली नगरपालिका हरि न्यौपानेले बताउनुभयो । नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रम सो कुरा बताउनुभएको हो ।

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बिहिबार निर्वाचन कार्यालय देवचुली नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ का नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका निवर्तमान नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख हरि न्यौपाने, उपप्रमुख पार्वता तिवारी लगायत १७ वडाका वडाध्यक्ष र वडासदस्यहरुलाई अबिर लगाएर बधाई दिँदै प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान नगरप्रमुख श्रेष्ठले अधुरो रहेका कार्यलाई नवनिर्वाचित नगरप्रमुख हरि न्यौपानेले पूरा गरि नगरवासीलाई खुशी बनाउन अनुरोध गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट निर्वाचित भएर आएपनि जनताको मर्मलाई बुझेर काम गर्न अनुरोध गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका निर्वाचन अधिकृत पन्थीले निर्वाचन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Write your Comment