आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    प्रकाशित २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)


देवचुली। नवलपुरको देवचुली नगरपालिकामा गठबन्धनका उम्मेद्धारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेद्धार विजयी भएका छन् ।

नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेद्धार विजयी भएका हुन् । अध्यक्षमा हरि न्यौपाने विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट नेपाली काङग्रेसका उम्मेद्धार अशोक बस्ताकोटीलाई एक हजार ५ सय ९६ मतान्तरले पराजय गर्नुभयो । न्यौपानेले १२८०६ मत पाउनुभयो भने , बस्तोकोटीले ११२१० मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा एमालेकी पार्वता तिवारी विजयी हुनुभएको छ । तिवारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनतर्फ माओवादी केन्द्रका सत्यनारायण भुषाललाई फराकिलो मतान्तरले पराजय गर्नुभएको हो । एमालेकी तिवारीले ४५२१ मतान्तरले भुषाललाई पराजित गर्नुभयो । तिवारीले १२७४९ र भुषालले ८२२८ मत पाउनुभयो । यस अघि यहाँ प्रमुखमा न्यौपानेले पराजय भोग्नुभएको थियो । भने , उपप्रमुख तिवारी दोश्रो कार्यकालका लागि पुन विजयी हुनुभएको हो ।

Write your Comment