आज:  २०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023 Search
FLASH NEWS

देवचुली १ मा एमाले प्यानल सहित विजयी

    प्रकाशित २०७९ जेष्ठ १, आईतबार (१ साल अघि)

देवचुली । स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउन सुरु गरेको छ। वडा नं १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ। वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र (काङ्ग्रेसका वागी) उम्मेदवार अनिल बस्ताकोटीलाई ३ सय १ मतले पराजित गरेका हुन । केसीले ८ सय मत प्राप्त गर्दा वस्ताकोटीले ४ सय ९९ मत प्राप्त गरे । यसैगरी महिला सदस्यमा नेकपा एमालेका संगिता घर्ती रेगामी मगरले काङ्ग्रेसका सबिना माझीलाई हराईन।

मगरले ८ सय ९२ मत प्राप्त गरिन भने माझीले ५ सय २ मत प्राप्त गरिन । दलित महिला सदस्यमा उर्मिला बिकले ९ सय २२ मत ल्याएर ४ सय ८३ मत ल्याएकी काङ्ग्रेसकि बेलिमाया नेपालीलाई जितिन् ।

सदस्य पदमा भने अजय थनेतले दलबहादुर चौधरीलाई र बिजय माझीले रोशन पौडेललाई हराए। थनेतले ८ सय ७९ मत प्राप्त गर्दा चौधरीले ४ सय ७९ मत ल्याए भने माझीले ८ सय १५ ल्याउँदा पौडेलले ५ सय ८१ मत पाए ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कृष्णबहादुर केसी एमाले देवचुली नगरपालिकाका अध्यक्ष समेत हुन् ।

Write your Comment