आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

चितवनमा गएराती एक युवकको छुरा हानी हत्या

    प्रकाशित २०७९ बैशाख २६, सोमबार (१ साल अघि)

चितवन । चितवनमा एक युवकको छुरा प्रहारबाट विभत्स हत्या भएको छ। भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो।
भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको जनाईएको छ । छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार परियारका घुँडाबाट माथि जताततै १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ। छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए।

Write your Comment