आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मेयर पदका उम्मेदवार हरि न्यौपानेलाई वृद्धा बुवाआमाहरूको आर्शिवाद

    प्रकाशित २०७९ बैशाख २५, आईतबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिका का विभिन्न वडाहरुका जेष्ठ नागरिक आमा बुवाहरुले हामीलाई पाल्ने पार्टी एमाले हो भन्दै आर्शिवाद दिएका छन् ।
आफ्ना उम्मेदवारलाई विजय गराउन नेकपा एमाले देवचुली नगरपालिकाले गरेको चुनावी घरदैलो कार्यक्रम अन्तरगत विभिन्न वडा पुगेका मेयर पदका उम्मेदवार हरि न्यौपाने ,उपमेयर पदका उम्मेदवार पार्वता तिवारी लाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयको आर्शिवाद दिएका हुन् ।

शनिबार नेकपा एमाले देवचुली -१६ ले गरेको घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार हरि न्यौपाने ,उपमेयर पदका उम्मेदवार पार्वता तिवारी ,वडा अध्यक्ष पदका उम्मेदवार केशव गौतम लगायत अन्य पदका उम्मेदवारहरुलाई जेष्ठ नागरिकलाई भत्ता दिने, दुख सुखमा साथ दिने पार्टी एमाले नै भएकोले पनि हामी जेष्ठ नागरिकहरुले तपाईहरुलाई नै भोट दिएर जिताउँछौ । यो मेरो विजयको आर्शिवाद छ । एक जेष्ठ नागरिकले भने, एमाले सरकारकै पालामा हामीलाई ४ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । अव फेरी एमालेको सरकार आए अझ बढ्छ भन्ने हामीलाई विश्वास लागेको उनीहरुले बताए ।

उम्मेदवारहरुले वडावासीहरूको घर – घरमा ,पसल,चोकहरुमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका थिए । घरदैलोमा उम्मेदवारहरूसँगै नेता ,कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थिति थियो । घरदैलो गरिरहँदा वडाका उमेद्वारलाई मतदाताले खादा र अविरसहित जितको शुभकामना दिएका छन् । युवासँगै वृद्धवृद्धाको समेत बाक्लो उपस्थिति थियो ।

Write your Comment