आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा महिलाहरुको बृहत भेला सम्पन्न

    प्रकाशित २०७९ बैशाख २०, मंगलबार (१ साल अघि)


देवचुली। बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मि गाउँ गाउँसम्म पुगि सकेकाे छ । यसै बिच नेकपा एमालेका उमेदवारहरुलाई भारी मतका साथ विजय गराउन देवचुलीमा अखिल नेपाल महिला संघले आफ्नो क्रियासिलता बढाएको छ । सोमबार अखिल नेपाल महिला संघ वडा नं १ वडा कमिटी देवचुलीले बृहत महिला भेला सम्पन्न गरेकाे छ ।

कार्यक्रममा नेकपा एमाले देवचुली ईन्चार्ज तथा देवचुली नगरपालिकाको उप प्रमुख पदको उम्मेदवार पार्वता तिवारीले महिलाहरुलाई चुनावका बेलामा खेल्नुपर्ने भुमिका , आचरण तथा सुरक्षित मतदानका लागि सक्रिय रुपमा लाग्नुपर्ने र नेकपा एमालेका उम्मेदवारहरुलाई विजय गराउन गर्नुपर्ने कामहरुको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य सुर्य पाेख्रेलले समग्र वडा भित्रकाे मत संरक्षण , नेता कार्यकर्ताकाे सुरक्षामा चुनावमा हुनसक्ने चलखेलमा महिलाहरु चनाखाे भएर लाग्नुपर्ने बताउनुभयो । साे कार्यक्रममा नेकपा एमालेका प्रमुख , उप प्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरुको उपस्थिति रहेको थियो। अखिल नेपाल महिला संघ देवचुली १ वडा कमिटीको अध्यक्ष सरु न्यौपानेको अध्यक्षता भएको कार्यक्रमको संचालन पुर्णिमा बोटेले गर्नुभएको थियो।

Write your Comment