आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

गायक भुवन प्यासीको एमाले चुनावी गीत सार्वजनिक

    प्रकाशित २०७९ बैशाख २०, मंगलबार (१ साल अघि)


चितवन। चर्चीत गायक भुवन प्यासीको एमाले चुनावी गीत सार्वजनिक भएको छ । एमालेको समर्थनमा खुलेरै प्रसारप्रसार उत्रिएका उनले घरघरमा एमाले टोलटोलमा एमाले नामक चुनावी गीत ल्याएका हुन् ।

भुवन शर्मा कडेँलको शब्द रहेको गीतमा गायक प्यासीले आफै संगित भरेका हुन् । भने उनलाई गीतमा गायिका सरु राईले साथ दिएकी छिन् ।
फरक शैलीको गीत मार्फत लोकप्रिय बनेका प्यारी यो पटक देखि राजनितिमा समेत आफु खुलेर आएकोले पार्टीलाई जिताउन जनवादी गीत लयाएको बताए । चितवनको चर्चीत पत्रकार कोमल चन्द्र भगत सुडीको निर्देशन रहेको गीतको चर्चीत नृत्य निर्देशक शिव विक नृत्य निर्देशन गरेका छन् । साथै गीतमा नै चितवन घर भएका चर्चीत क्यामारा मेन रविन्द्र बरालले छायांकन गरेका छन् । साथै गीतको सम्पादन ईभेन्ट स्टुडियोमा विष्णु सेवाले गरेका हुन् ।

विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्‍याप मिसाउदै यो पटक चुनावी गीत बजारमा लिएर आएका हुन्। गीतको भिडियोलाई अहिलेका चर्चित तथा व्यस्त निर्देशक शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।

Write your Comment