आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमाले देवचुलीका नगरप्रमुख र उप–प्रमुखका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त

    प्रकाशित २०७९ बैशाख १९, सोमबार (२ साल अघि)


देवचुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन ११ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

नेकपा एमालेबाट देवचुली नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका हरि न्यौपाने र उप–प्रमुख पदमा उम्मेदवारी दिनुभएकी पार्वता तिवारीलाई चुनावी प्रचार प्रसारका लागि भ्याईनभ्याई भएको छ । नेकपा एमाले देवचुलीका अनुसार सोमबार देवचुली ११ र १२ मा नगरप्रमुख, उप–प्रमुख , वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु घोषणा पत्र लिएर घर–घरमा भोट माग्न पुगेका छन् ।

देवचुली नगरपालिकालाई अबको पाँच बर्षमा विकास निर्माणसँगै समृद्ध देवचुली बनाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको उम्मेदवारहरु बताउँछन् । त्यस्तै मंगलबार नगरप्रमुख , उपप्रमुख लगायतका उम्मेदवारहरु देवचुली १३ र १४ मा प्रचारप्रसार अभियानमा रहने नेकपा एमाले देवचुली जनाएको छ ।

Write your Comment