आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी देवचुली ११ लाई

    प्रकाशित २०७९ बैशाख १७, शनिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका १३ मा संचालन भइरहेको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामाको फाइनलमा देवचुली ११ विजयी भएको छ ।राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ देवचुली १३ को आयोजना र देवचुली युवा क्लबको सह आयोजनामा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

शुक्रबार भएको देवचुली ११ धारापानी र देवचुली १६ बिचको फाइनल खेलमा देवचुली ११ विजयी भएको छ।देवचुली ११ को जितको लागी समुहका कप्तान सुमन आलेले गरेको १ गोल नै निर्णायक गोल रहेको थियो।

खेलको बिजेता देवचुली ११ धारापानी र उप बिजेता देवचुली १६ ले क्रमश नगद ४० हजार र २५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै सुमन आले बेस्ट प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भएका छन्।

Write your Comment