आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा २९ जना उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

    प्रकाशित २०७९ बैशाख १६, शुक्रबार (१ साल अघि)

देवचुली । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय दिएको थियो । शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय अनुसार देवचुली नगरपालिकामा २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएकी स्वतन्त्रबाट कञ्चन रेग्मी र प्रेमा कुमारी खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरि वडाध्यक्ष पदमा उम्मेदवारी दिएका वडा नं ११ का रेम बहादुर ठाडा मगर, वडा नं ९ का लिलाधर कंडेल, वडा नं ११ का नवराज भुसाल, वडा नं १४ का प्रेमप्रसाद भट्ट, वडा नं १७ का कृष्ण प्रसाद चापागाई, वडा नं १७ का तिलक बहादुर थापा, वडा नं ९ का मणिराम न्यौपाने, वडा नं ७ का पूर्णबहादुर काफ्ले, वडा नं ७ का कृष्ण अर्याल, वडा नं २ का यमनाथ बस्ताकोटीले उम्मेदवारी फिर्ता गराएका हुन् ।
यस्तै वडा सदस्य तर्फ वडा नं ३ का सुनिल राम गिरी, वडा नं १५ का नारायण तिमिल्सिना, वडा नं १४ का सरस्वती न्यौपाने, वडा नं ११ का गीता चापागाई, वडा नं २ का छविलाल बस्याल, वडा नं ७ का मिना सलामी मगर, वडा नं ७ का गुणाखर पाण्डे, वडा नं ७ का राम नारायण भुषाल, वडा नं ७ का ओमप्रकाश भट्टराई, वडा नं १ का मैनादेवि रायमाझी, वडा नं १७ का आनन्द प्रसाद पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
दलित महिला तर्फ वडा नं १३ का यम कुमारी सुनार, वडा नं ४ का मणिराम सार्की, वडा नं १ का तिल कुमारी वि.क, महिला सदस्य तर्फ वडा नं ४ का कुशुम भण्डारी र वडा नं १ का शान्ता सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएको देवचुली नगरपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

Write your Comment