आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा उप प्रमुखसहित ३१ जना जनप्रतिनिधिको राजिनामा

    प्रकाशित २०७९ बैशाख १२, सोमबार (१ साल अघि)


देवचुली । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न देवचुली नगरपालिकाका उपप्रमुख , चार जना वडा अध्यक्ष सहित ३१ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् ।आइतबार जनप्रतिनिधिहरुले देवचुली नगरपालिकाका नगप्रमुख पूर्णकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् ।
देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले राजीनामा दिएकी छिन् । देवचुली ४ का वडाध्यक्ष गिर बहादुर क्षेत्री, देवचुली नगरपालिका वडा नं ६ का वडाध्यक्ष मिनबहादुर सोती, वडा नं ७ का वडाध्यक्ष भूपराज पाठक, देवचुली वडा न १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले राजीनामा दिएका छन् ।

यसैगरि वडासदस्यहरु तर्फ वडा नं १५ का वडासदस्य सुरेश कुमार रानाभाट, प्रेम खनाल, महिला वडा सदस्य माया सुवेदीले राजीनामा दिएका छन् । देवचुली नगरपालिका वडा नं ३ का दलित महिला वडासदस्य सरस्वती वि.क, देवचुली वडा नं ८ का दलित वडासदस्य विमा कामीले राजीनामा दिएका छन् ।
देवचुली नगरपालिका वडा नं १२ का वडासदस्य भिमलाल तिवारी, वडा नं ११ का वडासदस्य नवराज भुसाल, वडा नं १४ का वडासदस्य मनोज कुमार श्रेष्ठ, वडा नं १ का दलित महिला वडासदस्य उर्मिला वि क, वडा नं १६ का दलित महिला वडा सदस्य मिनु विश्कर्मा, जानकी देवि लामिछाने गुरौ, वडा नं ६ का वडा सदस्य मनकुमारी विश्कर्मा र गुमबहादुर थापा मगरले राजीनामा दिएका छन् ।

यता देवचुली ४ का वडासदस्य चित्राकुमारी मल्ल, टंकनाथ भुसाल र सुकमाया सार्की , वडा न १६ का वडासदस्य रामबहादुर सोमै र केशवराज गौतम, वडा न ५ का वडा सदस्य टिकामाया सिंजाली, देवचुली १३ का वडा सदस्यहरु सुवोचन्द्र सुबेदी र ओम नारायण महतो , देवचुली ९ का वडा सदस्यहरु टेक बहादुर गाहा र राम प्रसाद पन्त, वडा न २ का वडा सदस्यहरु दुर्गा पौडेल, जित बहादुर महतो र टेक बहादुर माझी लगायतले राजिनामा दिएका छन्।

Write your Comment