आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

मध्यविन्दुमा सात जना वडा अध्यक्ष र १७ जना सदस्यको राजिनामा

    प्रकाशित २०७९ बैशाख १०, शनिबार (२ साल अघि)


नवलपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मध्यविन्दु नगरपालिकाका सात जना वडा अध्यक्ष सहित २४ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् ।
मध्यविन्दु नगरपालिकामा शुक्रबार वडा नं. २ का वडा अध्यक्ष नारायण पौडेल, ३ का वडा अध्यक्ष अमर बहादुर महतो, ८ का वडा अध्यक्ष पर्शुराम महतो थारु, वडा नं. १२ का वडा अध्यक्ष कुल बहादुर गुरुङ, वडा नं. १३ का वडा अध्यक्ष अर्जुन पंगेनी, १४ का वडा अध्यक्ष मिन बहादुर दर्लामी मगर र १५ का वडा अध्यक्ष जोग बहादुर थारुले राजिनामा दिनु भएको छ ।
यस्तै नगरपालिकाको विभिन्न वडाका निर्वाचित १७ जना जनप्रतिनिधिले समेत राजिनामा दिनु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनुभयो । शुक्रबार नै राजिनामा दिने तयारी गर्नु भएको मध्यविन्दु नगरपालिकाका मेयर चन्द्र बहादुर रानाले भने राजिनामा दिनु भएन । उहाँले आईतबार राजिनामा दिने उहाँको सचिवालयले जनाएको छ ।

Write your Comment