आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

कम्युनिष्ट पार्टीकाे ७३ औं स्थापना दिवसकाे अवसरमा एमाले देवचुलीद्धारा जेष्ठ नागरिकलाई सम्मान

    प्रकाशित २०७९ बैशाख ९, शुक्रबार (२ साल अघि)


नवलपुर ।नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसकाे अवसर पारेर नेकपा एमालेले देवचुलीका सबै वाडहरुमा जेष्ठ नागरिकलाई सम्मान गरेकाे हाे । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा ७० बर्ष कटेका जेष्ठ नागरिकलाई सम्मान गरेकाे हाे । जेष्ठ नागरिकलाई खादा ओढाई फलफुल , जुस वितरण गरिएको नेकपा एमाले देवचुलीका सचिव डिलाराम पाण्डेले जानकारी दिए।

जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

Write your Comment