आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली-७ मा एमालेबाट ४ जना महिला उम्मेदवार

    प्रकाशित २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)


देवचुली, ६ वैशाख ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा महिलाको उम्मेदवारी रहने भएको छ । नेकपा एमाले देवचुली वडा नम्बर ७ ले जनप्रतिनिधि मध्ये ४ जना महिलालाई अघि सारेको छ ।

सोमबार साँझ बसेको भेलाले नेकपा एमाले देवचुली ७ को वडाध्यक्ष पदमा भुमिसरा आलेलाई उम्मेदवारको रुपमा अगाडि सारेको नेकपा एमाले देवचुली नगर समितिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।

यसैगरि पुरुष वडा सदस्यतर्फ ओमप्रकाश तिवारी, महिला वडा सदस्यतर्फ खिलकुमारी तामाङ, रुपा काफ्ले र दलित महिला सदस्यतर्फ आशा विकलाई उम्मेदवारको रुपमा अगाडि बढाइएको नेकपा एमाले देवचुली नगर समितिका सचिव डिलाराम पाण्डेले बताए ।

महिलाहरुलाई पनि पुरुष सरह समान अधिकार दिनुपर्छ भन्ने उद्देश्यले नेकपा एमालेले यसपटकको स्थानीय तहको निर्वाचनमा महिलालाई अघि सारेको नगर अध्यक्ष केसीले बताए ।

Write your Comment