आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

शिसवार वन्यजन्तु सप्ताह : सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ बैशाख ४, आईतबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली। मानव वन्यजन्तु सह अस्तित्व : हाम्राे साझा दायित्व भन्ने मुल नाराका साथ दशैभरि वन्यजन्तु सप्ताह कार्यक्रम सञ्चालन भईरहेकाे सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा २७ ओैं वन्यजन्तु सप्ताह-२०७९ काे चाैथाे दिन आईतबार एक कार्यक्रमका बिच अन्तरक्रिया सहित सम्पन्न भएको छ । हरेक वर्षकाे वैशाख १ गते देखि ७ गते सम्म याे कार्यक्रम देशैभरि सञ्चालन हुने गर्दछ।

शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमकाे प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तबहादुर मगर , विशेष अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नवलपुरका संयाेजक केदारनाथ घिमिरे , विशेष अतिथि जिल्ला वन कार्यालय नवलपुरका सहायक वन अधिकृत अमृत ज्ञवाली , विशेष अतिथि ईलाका प्रहरी कार्यालय रजहर नवलपुरका प्रमुख प्रहरी निरीक्षक भिमसेन घिमिरे रहनुभएकाे थियाे भने कार्यक्रममा सामुदायिक वन , हाेमस्टे , समुदायमा आधारित चाेरी सिकार नियन्त्रणमा युवा जागरण अभियान , द्रुत सेवा दल ( RRT ) , रजहर मध्यवर्ती सहकारी संस्था , नेपाली सेना तथा प्रहरी जवानहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले खास गरि नारायणी नदी सुक्दै गरेकाे , यसकाे वरिपरि भएको फाेहर व्यवस्थापनमा देखिएकाे चुनाैति तथा समस्याहरु , उद्योग धन्दाहरुले मिसावट गरेकाे ढलका बारेमा विषयवस्तुहरु उठान भएको थियाे साथै समाधानका लागि सराेकारवाला निकायसंग सहकार्य गर्न पहल गर्नुपर्ने बताएका थिए । त्यस्तै गरि पछिल्लाे समय कुकुरकाे आक्रमणले चित्तलहरुलाई मारिरहेकाे सन्दर्भमा त्यसकाे न्युनिकरणका लागि समेत सबै लाग्नुपर्ने बताएका थिए । साथै पर्यापर्यटकिय गतिविधिहरुमा देखिएकाे ह्रास , आर्थिक अर्थतन्त्र उकास्नका लागि पर्यटन मैत्रि वातावरण श्रृजना गर्नुपर्नेमा जाेड दिईएकाे थियाे ।

दुई वटा चरणमा भएको कार्यक्रमकाे पहिलाे चरणमा नारायणि नदी तटकाे सरसफाइ गरिएकाे थियाे भने दाेस्राे चरणमा सराेकारवाला संघ संस्थाका प्रमुख र उपस्थित व्यक्तित्वहरुले आ-आफ्नो मन्तव्य , धारणा तथा शुभकामना आदान प्रदान गरिएको थियाे । कार्यक्रममा संस्थाका उपाध्यक्ष विन वहादुर जि. एम.काे स्वागत मन्तव्य रहेकाे थियाे भने सहजिकरण संस्थाका कार्यालय सचिव सत्यराज अधिकारीले गर्नुभएको थियाे ।

Write your Comment