आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

कावासोतीको मेयरमा एमालेबाट सोह्र जनाको दाबी

    प्रकाशित २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)


नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकामा नेकपा एमालेबाट मेयरमा वर्तमान उप मेयर प्रेमशंकर मर्दनिया सहित १६ जनाले दाबी गरेका छ्न ।

मंगलबार बसेको एमाले कावासोती नगर कमिटिको बिस्तारित बैठकमा १६ जनाले मेयरमा दाबी गर्दै नाम दर्ता गराएका नेकपा एमाले कावासोतीले जनाएको छ ।

मेयरमा भोजराज दाहाल, विष्णुप्रसाद भुसाल,मिनबहादुर गोले, मदन गिरी, सुर्यप्रसाद पाण्डे, नारायण प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, हुमलाल सुवेदी, चिन्तामणी चौधरी, मोहदत्त अधिकारी, केदारनाथ घिमिरे, डासुराज पोख्रेल, प्रेमशंकर मर्दनिया, नेत्रनारायण थनेत, देविमाया घिमिरे र रामकृष्ण ढुङ्गानाले दाबी पेस गरेका एमाले स्रोतले जनायो ।

त्यसै गरि उप मेयरमा युक्तप्रसाद गौडेल, सीता खडका, राधा शर्मा, लिला भण्डारी, निर्मला ढुङ्गाना, लक्ष्मीदेवि सापकोटा, जुनईकुमारी महतो, फुलकुमारी थनेत, सीता पंगेनी, विजया गैरे, छविलाल महतो, कोपिला पौडेलले दाबी पेश गरेका हुन ।

Write your Comment