आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुलिङटारमा अनियमितता भएको भन्दै छानबिन गर्न माग

    प्रकाशित २०७८ चैत्र २६, शनिबार (२ साल अघि)


देवचुली । बुलिङटार गाउँपालिकाले प्राकृतिक श्रोत साधनको दोहन तथा विकासका काममा अनियमितता गरेको भन्दै छानविन गर्न स्थानीयले माग गरेका छन् । कालीगण्डकी नदी तथा स्थानीय खोलामा ढुङ्गा गिट्टी बालुवाको पालिका र प्रशासनको मिलेमतोमा चोरी निकाशी भइरहेको भन्दै छानविन गर्न स्थानीयले माग गरेका हुन् ।
कालीगण्डकी नदीबाट उठाइएको ढुङ्गा, गिट्टी र बालुवाको मुल्यांकलनमै मिलेमतो भएको छ बुलिङटार– ३ का ऋषिराम सिग्देलले भने ‘ बास्तविक परिणाम र मुल्य भन्दा कम मुल्यांकन गरेर भष्ट्राचार गरिएको छ यसको छानविन हुनुपर्छ’ । जिल्ला समन्वय समिति र गाउँपालिकाको मिलेमतो हुँदा करोड भन्दा बढी नोक्सान भएको उनले बताए ।

दामोदर बस्ताकोटी स्मृति पार्कका लागि रु ६ लाख रकम बिनियोजन भएकोमा समेत काम नभएको सिग्देलले जनाए । कोभिड–१९ बेला खरिद भएका स्वास्थ्य सामाग्री, खरको छाना विस्थापनका लागि आएका कार्यक्रममा वास्तविक भन्दा पनि पहुँचवालालाई प्रदान गरिएको छ यो बेथितिको छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ स्थानीय दामोदर कुमालले भने ।

नदीजन्य पदार्थको सोझै निर्माण कम्पनीको माग अनुसार उठाउन दिने निर्णय गाउँ कार्यपालिकाले गरेको थियो । अझ आर्थिक वर्ष सकिएपछि पनि अघिल्लो वर्षको निर्णयका आधारमा विना टेन्डर नदीेजन्य पदार्थ उत्खनन गर्न दिएर दोहन गरेको स्थानीय कोशराज पौड्यालले बताए । निरन्दी खोला र फुलमादी खोलामा भएको अवैध उत्खनन अझ रोकिएको छैन बुलिङटार–६ का भरतराज रानाले भने– नियम संगत गर भन्दा सुनुवाई हुदैन’ ।

बुलिङटार बृहत्त खानेपानी आयोजना अलपत्र अवस्थामा रहेको छ । यसको विस्तृत परियोजना प्रतिवेदनदेखि नै अनियमिताको शिलशिला शुरु भएको हो बुलिङटारका टंकनाथ गिरीले बताए ।
गाउँपालिकाबाट विनियोजित कार्यक्रमका बारेमा भएको खर्च र निर्णयहरु सूचनाको हक सम्बन्धि निवेदन दिएर माग गर्दा समेत नपाईएको स्थानीय कोशराज पौडेलले बताए । पालिकाका निर्णयहरु पारदर्शी हुनुपर्नेमा निवेदन नै दिएर माग गर्दा समेत सूचना पाइदैन उनले भने ।

Write your Comment