आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा ३६ हजार ८ सय ६९ मतदाता, ४६ मतदान केन्द्र निर्धारण

    प्रकाशित २०७८ चैत्र १६, बुधबार (२ साल अघि)


देवचुली ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिकामा ३६ हजार ८ सय ६९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ ।
२०७९ बैशाखमा हुने निर्वाचनमा देवचुलीमा महिला र पुरुष गरि ३६ हजार ८ सय ६९ मतदाता रहेका छन् ।जसमा महिला १९ हजार ४ सय ६८ र पुरुष १७ हजार ४ सय १ जना रहेका छन् । अब हुने स्थानीय तह निर्वाचनमा पुरुष भन्दा महिला मतदाताको संख्या बढि रहेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसाल जानकारी दिएका छन् ।
उनका अनसुार देवचुलीमा ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा १९ मतदान स्थलमा ४६ वटा मतदान केन्द्र तोकिएको भुसालले बताए ।
निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार नवलपुर जिल्माला मतदाताको संख्या २ लाख ५४ हजार ६ सय १५ रहेको छ ।

Write your Comment