आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुधबार देवचुली नगरपालिकाको कार्यालयबाट हुने सेवा बन्द

    प्रकाशित २०७८ चैत्र १५, मंगलबार (२ साल अघि)


देवचुली। देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बुधबार बन्द हुने भएको छ।नगरपालिकाको प्रशासकीय भवन र प्रगतिनगर खानेपानी संस्थाको ओभरहेड टंकी समुद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल देवचुली आउने भएसंगै नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको प्रशासकीय अधिकृत गोबिन्द सिग्देलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

नगरपालिकाकाे प्रशासकीय भवन २०७६ बाटै निर्माण सम्पन्न गरि सेवा दिन थालिएको छ । तिनवर्ष पछि भवनको उद्वघाटन गर्न मुख्यमन्त्री आउन लागेका हुन् । नगरपालिकाले भवनको माथिल्लो तलामा हालै मात्र हल निर्माण सकेकाले सम्पूर्ण निर्माण सम्पन्न भएकाे भन्दै चैत १६मा उद्घाटन गर्न लागेकाे जनाएको छ। साथै सुचनामा नगरपालिकाको कार्यालय बाहेक वडा कार्यालय र स्वाथ्य संस्थाबाट प्रवाह हुने सबै सेवाहरु भने सुचारु हुने समेत बताइएको छ।

Write your Comment