आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेकपा एमाले देवचुलीको कार्यकर्ता भेला दलदलेमा सम्पन्न

    प्रकाशित २०७८ चैत्र १५, मंगलबार (२ साल अघि)


देवचुली ।नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएसँगै नगरकमिटिले अगुवा कार्यकर्ता भेला आज (मंगलवार ) दलदलेमा सम्पन्न गरेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ । नगर कमिटी अध्यक्ष कृष्णबहादुर के।सी।को अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एंव नवलपुर सह ईन्चार्ज रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला भएको हो ।

भेलामा राष्ट्रिय राजनीति तथा पार्टिले अवलम्वन गरेको नीति, माक्र्सवाद लेलिनवाद, जनताको वहुदलिय जनवाद, पार्टि संगठन र जनवर्गीय संगठनको अन्तरसम्वन्ध, स्थानीय निर्वाचन २०७९ को तयारी लगायतका बिषयमा नगरका अगुवा कार्यकर्तालाई जानकारी तथा प्रशिक्षण गराईएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मेरो वडा म जिताउँछु अभियान लिएर गाउँगाउँमा जानका लागि हालेमालो गर्ने प्रतिबद्धता ब्यत्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा जनभावनाका कार्यक्रमलाई एजेन्डाको रुपमा समेटेर बस्ती बस्तीमा पुग्नेगरि तयारी थाल्न पनि अनुरोध गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर सह ईन्चार्ज कृष्ण पौडेल, केन्द्रिय सल्लाहाकार परिषद सदस्य दीपक अधिकारी, जिल्ला अध्यक्ष मुत्तिराम पाण्डे, गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे, सचिवालय सदस्य हरी न्यौपाने, विभिन्न जनवर्गिय संगठनका प्रमुख एंव प्रतिनिधी तथा देवचुली नगर भित्रका नेकपा एमाले सम्बद्ध अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Write your Comment