आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

विद्यालय लेखा प्रणाली सम्बन्धि तालिम देवचुलीमा सम्पन्न

    प्रकाशित २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)


राजु चापागाई,देवचुली । विद्यालय लेखा प्रणाली सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको आयोजनामा सोमबार र मंगलबार नेपाल नमूना मा. वि. देवचुलीमा तालिम सम्पन्न गरिएको हो ।
विद्यालयको आर्थिक पारदर्शिता ,आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा विद्यालयले झेलिरहेका विविध समस्याहरुको निराकरणका लागि साथै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको पोर्टलको बारेमा जानकारी तथा पोर्टल मार्फत विद्यालयको लेखा प्रणालीलाई व्यवस्थापन गर्न सुसूचित गर्नका लागि तालिम आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
तालिममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपसचिव शंकर थापा र अस्मिता अर्यालले सहजीकरण गर्नुभएको थियो । तालिममा नवलपुरका ३२ जना लेखापालहरुको सहभागिता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलको अध्यक्षता भएको तालिम समापन कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै नेपाल नमूना मा वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकी  , प्रधानाध्यापक शिवप्रसाद देवकोटाको उपस्तिथि रहेको थियो ।

Write your Comment