आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नारायणी नदीको सरसफाइमा सहभागी भए राजेश हमाल 

    प्रकाशित २०७८ चैत्र ७, सोमबार (२ साल अघि)


देवचुली । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए ।

स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय जुटेका थिए । हमालले स्थानिय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे ।

‘आज हामीले एकदिन, केहिबेर सफाई गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो ।’ अभिनेता हमालले भने, ‘यहाँ घुम्न आउने पर्यटकहरुले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।

Write your Comment