आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा मेयर कसले जित्छ ?

    प्रकाशित २०७८ चैत्र ५, शनिबार (२ साल अघि)


अर्मान मिया । २०७९ साल वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकामा सबैभन्दा लडाई र चर्चामा रहेको विषय हो मेयर । उसो त राजनीतिलाइ सम्भावनाको खेलको रुपमा बुझ्ने गरिन्छ तर पनि इतिहासलाइ हेर्दे वर्तमान समयको राजनैतिक गतिविधिले भविष्यको निर्धारण गर्ने गर्दछ । यसै विषयमा वर्तमान समयमा देवचुली नगरपालिकाका सबै राजनैतिक दलहरुले मेयर लड्ने तयारी गरिरहेका छन् र यस पटकको मेयरको चुनाव ज्यादै रोचक हुने विभिन्न राजनैतिक दलका नेता , कार्यकता तथा आम जनताको बुझाइ रहेको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको सबैभन्दा ठुलो रस्साकस्सी परेको थियो जसमा नेपाली कांग्रेसका नेता पुर्ण कुमार श्रेष्ठले ६९ मतले नेकपा एमालेका उम्मेदवार हरी न्यौपानेलाई पराजीत गरेका थिए । नेपालका ठुला पार्टीहरु मध्ये नेकपा एमाले र नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिसँग प्रत्यक्ष रुपमा जोडिने देवचुली नगरपालिकामा माओवादी केन्द्र पनि उत्तिकै सहभागी देखिन्छ । माओवादी केन्द्रबाट २०७२ सालमा चुनाव लडेका सत्यनारायण भुसालले करिब २ हजार मत ल्याउन सफल भएका थिए । यसरी हेर्दा देवचुली नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उमेदवारहरु बलिया देखिए पनि अब हुने स्थानिय तहको निर्वाचनमा मेयर जित्ने कुरामा भने राष्ट्रिय राजनीतिले देवचुलीको अवको भविष्य के हुन्छ भन्ने कुराको निर्धारण गर्ने देखिन्छ ।

अहिले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस , माओवादी केन्द्र , एककृत समाजवादी लगाएतका पार्टीहरुको संयुक्त गठबन्धनको सरकार रहेको छ । यो गठबन्धन आगामी स्थानिय , प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्म निरन्तर रहन सक्ने सम्भावना देखिन्छ । यदि यहि गठबन्धन रहिरहने हो भने अवको देवचुली नगरपालिकामा मेयरको टिकट पाउन सक्ने सम्भावना माओवादी केन्द्रका नेता सत्यनारायण भुसाल वा राजन गौतमको देखिन्छ । सत्यनारायण भुसाल २०७२ सालको स्थानिय तहको निर्वाचनमा करिब २ हजार मत पाएका थिए देवचुलीमा राजनैतिक रुपमा कमजोर रहेको माओवादी केन्द्रका नेता सत्यनारायण भुसाल र राजन गौतम दुवै माओवादी केन्द्रका शक्तिशालि नेताका रुपमा देवचुली नगरपालिकामा रहेका छन् । प्रचण्ड निकट मानिने यि दुइ नेताहरु मध्ये कुनै एकले अवको मेयरको टिकट पाउने सम्भावना रहेको छ । गठबन्धन हुँदा माओवादी केन्द्रका नेताले टिकट पाउने पक्कापकि नै छ जसको एकमात्र कारण भनेको ३ पटक सम्म नवलपुर क्षेत्र नं. १ बाट ३ पटक प्रतिनिधि सभाको चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता प्रध्यापक डा.शशांक कोइरला चौथो पटक पनि यहि बाट उठ्ने भएपछि उनलाइ जिताउनका लागी पनि स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रलाइ मेयरको टिकट दिनुपर्ने बाध्यता छ ।
यो गठबन्धन कायम भएमा सबैभन्दा वढि लाभ नेकपा एमाले लाइ हुने पक्का छ । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती , अमर सामुदायिक वनको चुनावमा गठबन्धन गरेका दलहरुलाइ नेकपा एमालेले एक्लै पराजित गर्न सफल भएको थियो । यि चुनावहरुमा बहुमत सहित चुनाव जितेपछी नेकपा एमालेका नेताहरुले नेकपा एमालेले एक्लै गटबन्धनलाइ धुलो चटाउन सफल भएको बताएका थिए । यि चुनावमा माओवादी केन्द्रले कांग्रेसलाइ घात गरेको भन्ने देवचुलीका कांग्रेस नेताहरुले भनिरहदा अवको चुनावमा गठबन्धननै कायम रहेता पनि पालोको पैचो रुपमा भने माओवादी केन्द्रका नेतालाइ हराउन सक्ने सम्भावना छ । जसको प्रभाव नेपाली कांग्रेसलाइ भने प्रतिनिधि सभावको निर्वाचनमा कम पर्ने देखिन्छ जसको प्रमुख कारण ३ पटक सम्म प्रतिनिधि सभामा जित हासील गर्दे आएका कोइराला शक्तिशाली छन ।

२०७४ सालको स्थानिय तहको निर्वाचनलाइ आधार मानेर हेर्दा नेकपा(एमाले)का हरि न्यौपानेले ८५१० , नेपाली कांग्रेसका पुर्ण कुमार श्रेष्ठले ८५७९ , नेकपा माओवादी (केन्द्र) का सत्यनारायण भुसालले २०५९ , राप्रपाका दिपक पौडेलले ४९८ मत त्याएका थिए भने अन्य साना दलहरुले लगभग १०० वा सो भन्दा कम मत ल्याएका थिए । अत्यन्तै कम मतअन्तरले नेकपा (एमाले)का उमेदवारलाइ हराएको नेपाली कांग्रेस भने वर्तमान समयमा बलियो दलका रुपमा रहेको छ जसको प्रमुख कारण भनेको अहिलेको गठबन्धनको सरकार नै हो । यदि यो सरकार कायम नै रहने र स्थानिय तहको निर्वाचनमा मिलेर गए भने करिब ३०० मत अन्तरमा नेपाली कांग्रेसले जित हासिल गर्न सक्ने देखिन्छ । तर यो कुरामा भने सोझो हिसाबको अंकगणित मात्र हुने प्रस्ट छ ।

बर्तमान सरकारमा रहेका दलहरु यदि आगामी निर्वाचनमा गठबन्धन नगरेको खण्डमा देवचुलीमा नेकपा एमाले र नेपाली कांग्रेस विचमा नै लडाइ हुने छ । अहिले देवचुली नगरपालिकामा नेकपा(एमाले)ले टोलटोलमा समेत कमिटी बनाएर चुनावका लागी तयार हुदै छ । नेकपा(एमाले)का भातृ संगठनहरु यतिबेला नगरमा चलायमान र सक्रिय देख्न सकिन्छ । नेपाली कांग्रेस पनि आक्रामक शैलीमा अघि बढिरहेको छ नगर वडा र टोलमा कमिटी विस्तारमा तिव्र रुपमा लागेको छ , विगतमा भन्दा नेकपा माओवादी केन्द्रको संगठन विस्तार राम्रो छ तर कबिर ३ महिनासम्म पनि नगर अध्यक्षको टुङ्गो नलाग्दा भने यसको क्षति आगामी निर्वाचनमा माओवादी केन्द्रले बेहोर्नुपर्ने देखिन्छ ।
नेकपा एमाले बाट अहिले देवचुली नगरपालिकाको उपमेयर रहेकी महिला नेतृ पार्वता तिवारी आगामी निर्वाचनमा नेकपा एमाले बाट टिकट पाउन सक्ने सम्भावना बढि रहेको छ । नेकपा सरकार हुदाँ देवचुली नगरपालिकामा भएका विकासका कार्यहरु देखाउने र महिलालाइ नेतृत्वमा पुराउनु पर्ने माग गर्दे चुनावमा अघि बढेको खण्डमा उपमेयर पार्वता तिवारीले नेकपा एमाले बाट टिकट ल्याउन सक्ने देखिन्छ । देवचुली नगरपालिकामा चुनाव जित्नका लागी साविक रजहरको भोटले निर्णायक भुमिका खेल्ने छ । जसका लागी बाह्रकोल , बटटाडी लगाएत पहाडी क्षेत्र र पिप्रहरमा अहिले राम्रो कामहरु भएकाले पार्वता तिवारीलाइ चुनाव जित्न सजिलो हुने कुराहरु उहाँका अभिव्यक्तिहरु बाट सुन्न पाइन्छ ।

गएको स्थानिय तहको निर्वाचनमा ६९ मतले मेयरमा पराजित भएका नेकपा एमालेका नेता हरी न्यौपाने पनि मेयरको दावेदारका रुपमा छन । साविक रजहरमा उनको पकड राम्रो भएको र साविक देवचुली प्रगतिनगर र दिव्यपुरीमा लगभव नेकपा एमाले र नेपाली कांग्रेसको मत बराबर भएको कारणले गर्दा पनि हरि न्यौपानेलाइ नै फेरी पनि टिकट दिन सक्ने सम्भावना कायम छ । अघिल्लो निर्वाचनमा नेकपा एमाले भित्रकै नेताहरुको अन्र्तघातले गर्दा चुनाव हारेको भन्ने नेकपा एमालेका नेतृत्वको बुझाइ रहेको छ । नेकपा एमाले भित्र अबको निर्वाचनमा टिकट ल्याउनका ठुलो संर्घष रहेको छ । अबको निर्वाचनमा टिकट ल्याउने सम्भावना रहेका नेकपा एमालेका नेताहरु मनविर पुलामी , तिल प्रसाद काफ्ले , तिल प्रसाद पाठक , होमनाथ जैसी , हरि न्यौपाने, पार्वता तिवारी , खिमानन्द भुसाल , धर्म भुसाल , रामप्रसाद मरासेनी मध्येबाट नै एकले अबको टिकट पाउन सक्ने सम्भावना नेकपा एमाले देवचुली भित्र रहेको छ । यि नामहरु मध्ये सबैभन्दा बढि सम्भावना भने पार्वता तिवारी , हरि न्यौपाने र खिमानन्द भुसालको रहेको छ । यदि यसो हुदाँ पार्वता तिवारी वा खिमानन्द भुसालले टिकट पाएको खण्डमा पपुलर भोटको आधारमा नै चुनावमा जित शुनिश्चित हुने नेपाली कांग्रेस, माओवादी केन्द्र तथा अन्य साना दलका नेताहरु तथा आम सर्वसाधरणको बुझाइ रहेको छ । यि नेताहरु मध्येबाट कुनै एकले मेयरको टिकट ल्याउने र अन्य नेताहरु आफ्नो आफ्नो वार्डबाट वडा अध्यक्षमा चुनाव लड्ने हो भने साच्चिै विभिन्न सामुदायिक बन तथा खानेपानिको चुनाव जिते पछिको अभिव्यक्ति कांग्रेसलाइ धुलो चटाइयो भन्ने कुरा स्थानिय तहको निर्वाचनमा पनि देख्न सकिन्छ ।

नेकपा(एमाले) भित्र पनि खिमानन्द भुसाल ज्यादै लोकप्रिय नेताका रुपमा मानिने र नगर भित्र धेरै जनले उनलाइ सहयोग गर्ने र पपुलर भोटले नै चुनाव जित्ने कुरामा दुइ मत नभएको पार्टी पंक्ति र आम सर्वसाधारणको बुझाइ रहेको छ । जसको भर्खरै सम्पन्न भएको प्रगतिनगर खानेपानि तथा सरसफाइ उपभोक्त संस्थाको निर्वाचनमा करिब ५०० मतले उनले जित हासिल गरेका थिए । पार्टी भित्रको संर्घष र अन्तरघात हुने सम्भावना कायम नै रहेको हुदाँ मिलेर जान नसकेको खण्डमा यसको सोझो लाभ नेपाली कांग्रेसलाइ हुन जान्छ ।

गठबन्धन नभएको खण्डमा पनि नेपाली कांग्रेस पनि देवचुली नगरपालिकामा कमजोर छैन सामान्य रुपमा हेर्दा नेपाली कांग्रेसमा शक्तिशालि र नेता कम भएको र नेकपा(एमाले) भित्र सबै उमेदवारहरु उत्तिकै सम्भावना भएको पनि देख्न सकिन्छ । २०७२ सालको चुनावमा मेयर जितेको नेपाली कांग्रेसले पनि नगर भित्र भएका विकासका कार्यहरु जनतामाझ लैजाने छ । पुर्ण कुमार श्रेष्ठ पुनः एकपटक देवचुली नगरपालिकाको मेयर लड्ने सम्भावना कायम नै छ । उनको पछिल्लो पार्टीको नगर अधिवेशनताका पनि यदि कांग्रेस भित्रको लडाइ कायम रह्यो भने आफै नगर सभापति हुन सक्ने अभिव्यक्तिका कारण यदि फेरी पनि नगरमा कांग्रेस भित्र विवाद रहको खण्डमा पुर्ण कुमार श्रेष्ठ नै आउन सक्नेछन । नेकपा एमालेमा नगर भित्र धेरै नेताहरु रहेको अवस्थामा कांग्रेस भित्र भने कम नेताहरु रहेका छन । जसमध्ये अवको निर्वाचनमा नेपाली कांग्रेसका सभापति डिल्लीराम कडरीया , अशोक अर्निजित वास्ताकोटी , विष्णु भुसाल लगायतका नेताहरु मध्येबाट टिकट पाउन सक्ने सम्भावना छ । यदि कांग्रेस भित्र विवाद कायमै रहने हो भने डा.शशांक कोइरालाका स्वकिय सचिव भरत तिवारीले टिकट ल्याउन सक्ने देखिन्छ । यसरी हेर्दा यदि खिमानन्द भुसालले नेकपा एमाले बाट टिकट ल्याएको खण्डमा विष्णु भुसाललाइ नेपाली काँग्रेसबाट चुनावमा उठाउने सम्भावना बढि रहेको नेपाली काँग्रेसका नेताहरुको भनाइहरुबाट बुझ्न सकिन्छ ।

गठबन्धन नभएको अवस्थामा देवचुलीमा सबैभन्दा कमजोर रुपमा माओवादी केन्द्र हुनेछ । यो अवस्थामा भने सत्यनारायण भुसाल र प्रेमा खनाल विच प्रतिस्पर्धा हुने छ । मेयरको टिकट ल्याएर कसले जित्ने भन्दा पनि को उठ्दा नेकपा एमाले वा नेपाली कांग्रेस मध्ये कसको भोट बढि काट्ने भन्ने कुरामा भने ठुलो भुमिका खेल्ने छ । अघिल्लो चुनावमा साविक रजहर बाट राम्रो भोट ल्याएका सत्यनारायण भुसाल फेरी टिकट ल्याउने सम्भावना भने बढि छ । देवचुली नगरपालिका १६ को वडाअध्यक्ष जितेको माओवादी केन्द्रलाइ फेरी पनि राम्रो भोट आउने सम्भावना धेरै छ । जसको प्रत्यक्ष असर यदि नेकपा एमाले बाट हरि न्यौपाने वा अरु लाइ पर्ने छ ।

नेकपा(एमाले) , नेकपा माओवादी केन्द्र लगायतका अन्य दलहरुलाइ मसलाको रुपमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालालाइ प्रयोग गर्न सक्नेछन । उनले लगातार ३ पटक सम्म पनि प्रतिनिधि सभाको सांसद जितेर एउटा पनि उदाहरण दिन सक्ने गरि काम गर्न नसकेको कुरालाई चुनावमा मसलाको रुपमा प्रयोग गर्नेछन् भने देवचुली नगरपालिकामा नगर प्रमुख जितेको नेपाली कांग्रेसका नेता पुर्ण कुमार श्रेष्ठ पनि जनताको मन जित्न खासै सफल नदेखिएका र नेकपा (एमाले)की पार्वता तिवारीको बढि सक्रियता र नेकपा एमालेको सरकार हुदाँ गरेको कामहरुलाइ मुख्य रुपमा प्रयोग गर्ने देखिन्छ ।

Write your Comment