आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०७८ फागुन ३०, सोमबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती । चौथो मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि कावासोतीमा सुरु भएको छ । कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले उद्घाटन गर्नुभयो । फिफा गीत सहित रेफ्रीलाई बल प्रदान गरेर उहाँले खेलको उद्घाटन गर्नुभएको हो ।कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटी कावासोती १२ को सहआयोजना र वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले नवलपुर जिल्ला खेलको लागि उर्वर भूमि रहेको बताउनुभयो । नवलपुर जिल्ला हिजोदेखि खेल क्षेत्रमा देश विदेशमा चिनारी बनाउन सफल जिल्ला रहेको बताउदै खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभयो । खेलको माध्यमबाट देशको नाम अन्तराष्ट्रिय स्तरमा समेत चिनाउने खेलाडीहरु भएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादन गर्न मतद पुग्ने बताउनुभयो ।

कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. १२ का अध्यक्ष खेम प्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया , कावासोती नगरपालिका वडा न. १० का अध्यक्ष टेक नारायण महतो , १६ का अध्यक्ष एकादत्त वस्ति , कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन गुरुङ , शिक्षा अधिकृत क्षेत्र बहादुर भण्डारी , नवलपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सेतमान पुन , राष्ट्रिय लोक तथा दोहोरी गायक राजन गुरुङ लगायत विभिन्न समाजसेवि , खेलप्रेमी व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दिपक शर्माले सहजीकरण गर्नुभएको थियो ।
यसैबीच उद्घाटन खेलमा कावासोती १६ विजयी भएको छ ।कावासोती १० र कावासोती १६ बीच भएको उद्घाटन खेलमा शुन्यका बिरुद्ध सात गोल अन्तरले कावासोती १६ विजयी भएको हो । पहिलो हाफमै कावासोती १६ का जर्शी न. १० का खेलाडी सुमन बस्नेतले ह्याट्रिक गर्न सफल हुनुभएको थियो । उद्घाटन खेलको म्यान अफ दि म्याच पनि बस्नेत नै घोषित हुनु भई ट्रफि प्राप्त गर्नुभयो ।
मंगलबारदेखि दैनिक दुई खेल हुनेछन् । मंगलबारको पहिलो खेल कावासोती चार र नौ बीच हुनेछ भने दोश्रो खेल वडा न. १५ र १७ बीच हुने डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।

Write your Comment