आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा कांग्रेसका वडा सभापति मध्यरातमा महिलासंग रंगेहात पक्राउ

    प्रकाशित २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)


नवलपुर । नेपाली कांग्रेस बौदीकाली गाउँपालिका वडा नं. २ का वडा सभापति डिल कुमार श्रेष्ठलाई विवाहित महिलासंग रंगेहात फेला पारेपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।
नवलपुरको बौदीकालि गाउँपालिका वडा नं. २ का पार्टी सभापति रहेका श्रेष्ठलाई बिहिबार राति घरमा भाउजूसंग कोठा भित्र रहेको थाहा पाएपछि सासु र देवरले स्थानीय बोलाएर रंगेहात पक्राउ गरेका थिए । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय डेडगाउँमा स्थानीयले जिम्मा लगाएकोमा राति नै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ल्याइएको थियो ।
स्थानीयले प्रहरीको जिम्मेवारी लगाएका श्रेष्ठ र महिला अहिले जिल्ला प्रहरी कार्यालयमा रहेको डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । घटनाको विषयमा अहिले अनुसन्धान भइरहको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार बिहिबार राति कोठमा गुनगुन गरेको आवाज आएपछि चियो गर्दा अन्य पुरुष कोठामा रहेको थाहा पाएपछि महिलाका देवर र सासुले स्थानीयलाई खबर गरेर ढोका खोलेका थिए । आपत्तिजनक अवस्थामा फेला परेका उनिहरुलाई राति नै प्रहरीको जिम्मेवारी लगाइएको हो ।

Write your Comment