आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम अधिवेशनमा अधिकारकर्मी मियाँ सचिव पदमा निर्वाचित

    प्रकाशित २०७८ फागुन २६, बिहिबार (२ साल अघि)


देवचुली । नेपाल मुस्लिम इत्तेहाद संगठन नवलपुरको प्रथम जिल्ला अधिवेशनले बाल अधिकार तथा युवा अधिकारकर्मी अर्मान मियाँ सचिव पदमा निर्वाचित भएका छन।मियाँले सानो उमेरबाट नै बालक्लव र पछि आएर युवा सरोकारको विषयमा विभिन्न समुहमा बसेर पैरवी गर्दै आएका थिए ।

संगठनको आज कावासोती खानेपानीको सभा हलमा भयको प्रथम जिल्ला जुम्मादिन मियाँको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको नव निर्वाचित सचिव मियाँले बताए ।

उदघाटन सत्रको अध्यक्षता हुसेन मिया, प्रमुख अतिथी सेराज अहमद फारूकी,नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय कमिटी अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य लगायतको उपस्तिथि रहेको थियो ।कार्यक्रममा जिल्ला भरिका करिब ३०० जनाको सहभागी रहेको थियो ।

Write your Comment