आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

कावासोतीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता फाल्गुन ३० गतेबाट सञ्चालन हुने

    प्रकाशित २०७८ फागुन २६, बिहिबार (२ साल अघि)

दीपक शर्मा, देवचुली । कावासोती नगरपालिकामा तेस्रो मेयरकप फुटबल प्रतियोगिता फाल्गुन ३० गतेबाट सुरु हुने भएको छ ।प्रतियोगिता कावासोती नगरपालिका वार्ड नम्बर १२ राजमन्दिर खेल मैदानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव दिपेश खनालले बताए । कावासोती नगरपालिकाको आयोजना एवं डायमण्ड युथ सोसाइटीको सहआयोजना तथा कावासोती नगरपालिका वडा नं १२ को समन्वयमा प्रतियोगिता सञ्चालन हुने सह आयोजक डायमण्ड युथ सोसाईटीका अध्यक्ष लिलामणि खनाल “महेश”ले बताए ।
मेयर कपमा कावासोतीका १७ वार्डको प्रतिनिधित्व रहने र यसबाट नगर भित्रका नयाँ खेलाडीको पहिचान हुने र अरु ठाउँमा खेल्नको लागि खेलाडीहरूको पनि सूची तयार गरिने आयोजकले बताएको छ । पहिलो र दोस्रो मेयर कप भव्य र सभ्य भयकोले तेस्रो मेयर कप पनि सोही अनुसार गर्नको लागि तयारी राम्रोसंग गरिएको आयोजकले बताएको छ ।

फागुन ३० गते उदघाटन समारोहका बीच वार्ड नम्बर १० र १६ का बीच खेल संचालन गरिने उक्त प्रतियोगिताको चैत १२ गते फाईनल खेल संचालन हुनेछ ।

Write your Comment