आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा श्रीमानकाे हत्या गरेकाे आराेपमा श्रीमती पक्राउ

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)

देवचुली। पूर्वी नवलपरासीमा श्रीमानको हत्या गरेको आराेपमा नवलपुर प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति जिल्लाकाे देवचुली नगरपालिका–४ रानाचाेक स्थित २८ बर्षीय खेमबहादुर घर्तीको हत्या आशंकामा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको हो ।

घर्ती आफ्नै घरको कोठामा रहेको सिलिङको पंखामा नाइनलको डोरीले घाँटीमा पासो लगाइ झुण्डिएको भन्दै उपचारका लागि देवचुली हस्पताल दलदले ल्याइएको थियो ।उनको राति नै निधन भएको थियो । प्रहरीले श्रीमानको श्रीमतीले हत्या गरी झुण्डिएको बहाना बनाएको आशंकामा घर्तीकी श्रीमती २३ बर्षीया सावित्री राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले घटनाको अनुसन्धान भईरहेको र घटना शंकास्पद देखिएको बताउनुभयाे । घर्तीलाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टक लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

Write your Comment