आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

यी हुन नवलपुर कांग्रेसका निर्वाचित पदाधिकारीहरु ( मत परिणाम सहित )

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)


नवलपुर । नेपाली कांग्रेस नवलपुरको आईतबार सम्पन्न जिल्ला कार्यसमितिको निर्वाचनको अन्तिम मत परिणामहरु आउन सुरु गरेको छ ।

सोमबार साँझ सम्पन्न मतगणना अनुसार जिल्ला उपसभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना विजयी भएका छ्न । कुल खसेको मत १८१८ मध्ये घिमिरेले ११४१ र रानाले ७ सय ४८ मत प्राप्त गरेका हुन । त्यसै गरि उपसभापतिका अन्य प्रतिस्पर्धी उदय अधिकारीले ५९४ र पुर्ण सिंह रानाले ५८२ मत पाएका छ्न ।

त्यस्तै दुई वटा सचिब पदमा ११४० मतका साथ होमराज रानाभाट र १०१६ मतका साथ महेन्द्र पोख्रेल विजयी हुँदा सचिब पदका प्रत्यासी करुणासागर सुवेदीले ६६९ र मित्र भट्टराईले २५३ मत पाएका छ्न ।

२ वटा सहसचिब पदमा उदयराज अर्यालले १०९८ मत र राजेश पौडेलले १०७४ मत पाएर निर्वाचित हुदा सहसचिब पदका अर्का उम्मेदवार बिन्दु काफ्लेले ७२४ मत मात्रै प्राप्त गरेका छ्न ।

आईतबार मध्यराती बाट सुरु भएको मतगणनाबाट पदाधिकारी सहित केही सदस्य पदको अन्तिम मत परिणाम आए पनि भुगोल तथा विभिन्न समावेशी समूहबाट सदस्यमा निर्वाचित हुने सदस्य पदको मतगणना जारीनै रहेको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारी सहित जिल्ला कार्यसमिति र महासमिति सदस्यहरुको निर्वाचन भए पनि जिल्ला सभापतिमा यस अघिनै महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छन ।

Write your Comment