आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

दुनियाको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिन्छ – पूर्व प्रधानमन्त्री ओली

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)

कावासोती । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाको प्रतिस्पर्धी शिक्षा हाम्रै देशमा विकास गर्न सकिने बताउनुभएको छ ।
नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘हामि हाम्रै देशमा दुनियाको प्रतिस्पर्धी शिक्षा हामि हाम्रो देशमा विकास गर्न सक्छौ । जसका लागि हामिले ईटा राखिसकेका छौँ । शिलान्यास गरिसकेका छौँ । ’ ओलीले देश विकास कसरी गर्ने भन्ने बाटो लिईसकेको जिकिर गर्दै भन्नुभयो – ‘ शिक्षा, स्वास्थ्य , उद्योग ,व्यापार विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामिले लिईसकेका छौँ । हामिसंग देश विकासको भिजन छ त्यसै कारण हाम्रो राष्ट्रिय आकाङछा भनेको सुखी नेपाली समृद्ध नेपाल हो । ’
यस्तै पूर्व प्रधानमन्त्री ओलीले शिक्षक , विद्यार्थी , अभिभावक लगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनीकिकरणको बाटो अप्नाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा काम गर्नेहरुले अब आधुनीकिकरणको बाटो , प्रविधी प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो , स्वरोजगार सृजना गर्ने बाटो अबलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले आफु प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गाउनुभयो । नवलपुरको फलाम खानी , नमुना सदरमुकाम , नारायणगढ – बुटवल सडक विस्तार , कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उहाँले स्मरण गर्नुभयो ।
यस्तै उहाँले मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैँयाको अक्ष कोष स्थापनाको घोषणा समेत गर्नुभयो । आफुले अक्ष कोषका लागि दुई लाख उपलब्ध गराउने , क्याम्पसले त्यसको वितरणको प्रकृया आफैँ मिलाउने जानकारी गराउनुभयो ।
उहाँँले गण्डकी प्रदेशको भूभाग ऋषिमुनिको तपोभूमि रहेको बताउँदै उहाँले विश्वको सबैभन्दा पुरानो दर्शन र सभ्यता शैव दर्शन शैव सम्भयता उत्पत्ति भएको भूभाग यहि रहेको बताउनुभयो ।
यस्तै ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गर्नुभयो ।

Write your Comment