आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा सोमबारबाट तेस्रो देवचुली महोत्सव हुने,ज्येष्ठ नागरिक र रातो परिचयपत्रवाहक अपाङ्गता भएकालाई प्रवेश नि:शुल्क

    प्रकाशित २०७८ फागुन १५, आईतबार (२ साल अघि)


देवचुली । नवलपुरको देवचुलीमा तेस्रो देवचुली महोत्सव सोमबारदेखि सुरु हुने भएको छ । देवचुली उद्योग बाणिज्य संघको आयोजना, नवप्रगति युवा क्लव प्रगतिनगर र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा प्रगतिनगर पावर हाउस नजिकै महोत्सव हुने महोत्सव मूल समारोह समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।सोमवार शोभायात्रा सहित सुरु हुने महोत्सवको उद्घाटन देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले गर्ने देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले बताए ।

देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाका अनुसार १०० व्यवसायिक स्टल रहने महोत्सव परिसरमा कृषिका प्रवर्द्धनात्मक र विभिन्न सार्वजनिक चनचेतनामूलक, सूचनामुलक र सन्देशमूलक २५ वटा निशुल्क स्टल रहने साथै आयोजकले करिब ८ देखि १० करोडसम्म कारोबार गर्ने लक्ष्य राखेको छ । स्थानीय सामुदायिक समूह, सहकारी, कृषि अन्तर्गतका संघसंस्था, क्लव, आमा समूह, विद्यालयको समन्वयतात्मक सहकार्यमा हुने महोत्सव देवचुलीबासीको गौरव भएकाले आ–आफ्नो क्षेत्रबाट सफल पार्न सापकोटाले आग्रह गरेका छन् ।

८० हजारदेखि १ लाख दर्शक सहभागी हुने लक्ष्य राखिएको महोत्सवमा व्यापारीक स्टल बाहेक बाल उद्यान, सेल्फी जोन र ४ दर्जन धेरै स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम रहने महोत्सव सांस्कृतिक उप समितिका संयोजक सत्यनारायण भुसालले बताए।

महोत्सव अवलोकन गर्न १०० रुपैंया टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । ज्येष्ठ नागरिक र रातो परिचयपत्रबाहक अपाङ्गता भएकालाई निशुल्क प्रवेशको सुविधा रहेको छ । विद्यार्थी परिचयपत्र हुने विद्यार्थीलाई ५० रुपैयाँ टिकट शुल्क लाग्ने समेत जनाईएको छ ।

Write your Comment