आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

    प्रकाशित २०७८ फागुन १५, आईतबार (२ साल अघि)


राजु चापागाई,देवचुली ।
नवलपुरको देवचुलीमा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ देवचुली १० को आयोजनामा ५ किलोमिटर दौड प्रतियोगिता गरिएको हो । पृथ्वीनगर चोकबाट सुरु भएको दौड पृथ्वीनगर हुँदै जन ज्योती मार्ग , कैलाश चोक, धारापानी चोक र अन्त्यमा पृथ्वीनगरको खेल मैदानमा पुगेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ हुमबहादुर माकिमले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम भएका छ्न भने २७ मिनेटमा दुरी पार गरेका सम्देश गोडार र २८ मिनेटमा दुरी पार गरेका लोक जर्गाहा क्रमशः दोस्रो र तेस्रो भए । त्यस्तै गरि महिलातर्फ ३६ मिनेटमा निर्धारित दुरी पार गरेकी हिममाया ठाडा प्रथम भएकी छ्न भने ३८ मिनेटमा दुरी पार गरेकी सुप्रिया राना दोस्रो र ४१ मिनेटमा दुरी पार गरेकी इसु भुजेल तेस्रो भएकी छन् ।

प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिला तर्फ १० जनाको सहभागिता रहेको थियो । साथै विजेताहरुलाई नेपाल मगर संघ देवचुली १० को आयोजनामा दिउँसो हुने विविध सांस्कृतिक कार्यक्रममा पुरस्कृत गरिने नेपाल मगर संघ देवचुलीका सचिव अमर घर्ती मगरले जानकारी दिए। सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गायिका शिला आले र स्थानीय गायक सुरेश राना लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Write your Comment