आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा आमा समुहहरुलाई हाते ट्याक्टर वितरण

    प्रकाशित २०७८ फागुन ८, आईतबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली वडा न ५ का ४ आमा समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ । देवचुली वडा न ५ को महिला लक्षित कार्यक्रमका लागि विनियोजित रकमबाट लाङ्घाली आमा समूह,नवप्रभात आमा समूह,निलपोखरी आमा समूह र बन्दिपुर आमा समुहलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

वडाबाट महिला लक्षित कार्यक्रम अन्तर्गत नेतृत्व विकास तालिम गर्ने योजना भएता पनि कोभिडको कारण सो कार्यक्रम गर्न नसकेकोले महिला दिदीबहिनीहरुसँग सल्लाह गर्दा तरकारी लगाउन, करेसाबारीका लागि हाते ट्याक्टर आवश्यक भएको र सोही अनुसार कार्यक्रम गर्न सुझाव आएकोले वडा कार्यालयले आमा समुहहरुलाई हाते ट्याक्टर वितरण गरिएको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । आमा समुहको संरक्षणमा रहने गरी कृषक समुहहरुले समेत हाते ट्याक्टर प्रयोग गर्ने सापकोटाले बताउनुभयो । वडा कार्यालयले महिलाहरुको लागि धान काट्ने मेसिन वितरण , सिलाई कटाई तालिम, गुडिया निर्माण लगायतका तालिम प्रदान गरिएको र आगामी दिनमा समेत महिलाहरुका लागि आवश्यक कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

घर वरपर रहेको जग्गामा करेसाबारी बनाउनका ठुलो ट्याक्टर लगाउन नमिल्ने र मानिस लगाउँदा ज्याला बढी तिर्नुपर्ने भएकोले हामी सबैको अनुरोधमा वडा कार्यालयले हाते ट्याक्टर वितरण गरेकोमा खुसी लागेको नवप्रभात आमा समुहको सह सचिव अम्बिका भट्टराईले बताउनुभयो । “अब धानको बीउ राख्न, तरकारी लगाउन र कृषि कार्यका लागि सजिलो हुने भयो, वडा कार्यालयलाई धेरै धेरै धन्यवाद छ ” लाङघाली आमा समुहकी अध्यक्ष मित्रमाया राईले बताउनुभयो ।

देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिवलाल सापकोटाको अध्यक्षता भएको कार्यक्रममा कार्यपालिका सदस्य ,वडा सदस्यहरु, आमा समुहका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका वडा न ५ का वडा सचिव दिलीप दाहालले गर्नुभएको थियो ।

Write your Comment