आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

दलदलेमा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

    प्रकाशित २०७८ फागुन ७, शनिबार (२ साल अघि)


दीपक शर्मा, देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको आयोजनामा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा दलदलेमा दीप प्रज्वलन सम्पन्न गरेका छन् ।नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झना गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक देवचुली नगर कमिटीले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी देवचुली नगरपालिका उप प्रमुख एवं  नेकपा एमाले जिल्ला कमिटी सदस्य पार्वता तिवारीले शहीद र नेपाली जनताले ल्याएको यो व्यवस्था जनमुखी र न्यायोचित न्यायको प्रत्याभूति को लागि नेकपा एमाले जिम्मेवार पूर्वक लाग्ने बताउनु भयो । उहाँले नेपाली जनताले देखेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना नेकपा एमालेले मात्र पूरा गर्ने भयको हुँदा सवैले सहयोग र साथको लागि अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि अनेरास्ववियु केन्द्रीय सचिवालय कमिटी सदस्य सागर न्यौपानेले विद्यार्थीको हक हितको लागि लागिपर्ने एक मात्र सङ्गठन यो रहेकोले सवैले सहयोग गर्न र हरेक पल विद्यार्थी, किसान र सीमान्तकृत समुदायको आवाज बुलन्दका लागिरहन अनुरोध गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि एमाले जिल्ला कमिटी सदस्य खिमानन्द भुसाल ले विधार्थी ले आफ्नो हक सहित राज्यका महत्वपुर्ण विषयमा जानकारीहरु राख्नु पर्ने र आफ्नो नीति र योजना सहित अगाडी बढनु पर्ने जोड दिनु भयो । हामीले आफूले आचारसंहिताविपरीत काम नगर्ने र गर्नेको खबरदारीको लागि समेत विद्यार्थी संगठनले नेतृत्व लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै देवचुली नगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष यवम जिल्ला कमिटी सदस्य राम थापाले विद्यार्थीले गरेको यो अभियानलाई निरन्तरता दिनको लागि र पार्टीको खम्बाको रूपमा लागिरहन अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी, युवाहरु र महिला संघका पदाधिकारी र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Write your Comment