आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरमा सुबेदी

    प्रकाशित २०७८ फागुन ७, शनिबार (२ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रले हरि सुबेदीको ( कावासोती ) अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार नवलपुरको कावासोती स्थित सिद्धार्थ आवासीय माविको सभाहलमा भएको बन्दसत्रमा उपाध्यक्षहरुमा ऋषी लम्साल ( मध्यबिन्दु ) र धन प्रसाद सापकोटा ( गैंडाकोट ) , सचिवमा किरण श्रेष्ठ (मध्यबिन्दु ) , उपसचिवहरुमा रबिन्द्रराज कंडेल ( बौदीकाली ) , बिमल शर्मा चापागाईं ( गैंडाकोट ) र ईश्वर बोहरा, कोषाध्यक्षमा कल्पना खनाल अधिकारी र सहकोषाध्यक्षमा अप्सरा चापागाई चयन हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष हरि सुबेदीले पार्टीले लिएको नीति समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन व्यवसायीको क्षेत्रबाट सकेको लागि पर्ने बताउनुभएको छ । उहाँले द्योगी व्यवसायीहरुको सर्वोत्तम हितका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Write your Comment