आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

माघे औंशीमा त्रिवेणीधाममा घुइँचो

    प्रकाशित २०७८ माघ १८, मंगलबार (२ साल अघि)


नारायण शर्मा/पूर्वी नवलपरासी। माघें औंशीका अबसरमा नेपाल भारतका हजारौ भक्तजन त्रिवेणीधामा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन सोमबारवाटै यहाँ मेला लागेको छ ।

भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानबाट भक्तजनहरु यहाँ स्नान गर्न र पुजापाठ गर्न आएका हुन । कोरोना महामारीको बेवास्तागर्दै भक्तजनहरु त्रिवेणीधाममा दर्जनौ मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन। यहाँका मठमन्दिरमा मंगलवार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुइँचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहा ओइरिएका छन ।
त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिव्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औशीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जनविश्वास रहेकाले यो औशीमा यहाँ स्नान गर्नाले पुन्य मिल्ने परापुर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबै भन्दा ठुलो र भव्य मन्दिर हो ।
स्वर्णभद्रा, पुर्णभद्रा र नारायणीनदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिनाभएका कारण औंशीका अवसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ । गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लबकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठुलो महत्व छ ।
भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको छ । हात्ती र गोहीको लडाइमा भगवान नारायणले अवतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदिमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागको छ । त्रिवेणीका भित्रि सडकहरुमा मेला लागेको छ । औंशीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले पुन्य मिल्ने विश्वासमा यहाँ भक्तजनहरु आउने गर्छन ।

Write your Comment