आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा कलर बेल्ट परीक्षा सम्पन्न

    प्रकाशित २०७८ माघ १६, आईतबार (२ साल अघि)


राजु चापागाई, नवलपुर । नवलपुरमा कलर बेल्ट परीक्षा सम्पन्न भएको छ । नवलपुर आइ.टि.एफ. तेक्वान्दो संघको आयोजनामा कलर बेल्ट परीक्षा शनिबार सम्पन्न भएको हो ।


कोभिडको कारणले तीन चरणमा फरक फरक स्थानका ११२ जना सहभागीहरुलाई परीक्षा लिईएको हो । माघ ९ गते पहिलो चरणको परीक्षा त्रिवेणीमा ,माघ ११ गते दोस्रो चरणको परीक्षा अम्रशाको सामुदायिक वनको कार्यालय नजिकको मैदानमा र अन्तिम चरणको परीक्षा शनिबार दुम्किबास गरिएको हो । नवलपुरका सबै खेलाडीहरुको कलर बेल्ट परीक्षा लिखित तथा प्रयोगात्मक रुपमा भएको नवलपुर आइ.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष वीर कुँवरले जानकारी बताए ।

कलर बेल्ट परीक्षा अन्तर्गत सेतो बेल्टका लागि १८ जना,पहेँलो बेल्टका लागि ३५ जना,हरियो/निलो बेल्टका लागि १५ जना,निलो बेल्टका लागि ८ जना, निलो/रातो बेल्टका लागि ९ जना, रातो बेल्टका लागि ४ जना र कालो/रातो बेल्टका लागि २३ जनाको सहभागीता रहेको थियो। परीक्षाको नतिजा १ हप्ता भित्र प्रकाशन हुने संघले जनाएको छ ।

नवलपुर आइ.टि.एफ. तेक्वान्दो संघका वीर कुँवरको अध्यक्षतामा भएको कलर बेल्ट परीक्षामा प्रमुख प्रशिक्षक विशाल पाण्डे , सिनियर ब्ल्याक बेल्ट प्रशिक्षक रोशनी थापा, सिनियर ब्ल्याक बेल्ट प्रशिक्षक लिजन श्रेष्ठ, ब्ल्याक बेल्ट प्रशिक्षक सुदिप थापा, ब्ल्याक बेल्ट प्रशिक्षक कुशल महतो, ब्ल्याक बेल्ट प्रशिक्षक करन महतो, ब्ल्याक बेल्ट प्रशिक्षक राजु आले, ब्ल्याक बेल्ट प्रशिक्षक रबिन कुमाल, ब्ल्याक बेल्ट प्रशिक्षक निरज खड्का लगायतको सहभागिता रहेको थियो।

Write your Comment