आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

एक जना शिक्षकको अभिभावकलाई खुल्ला पत्र

    प्रकाशित २०७८ पौष २९, बिहिबार (२ साल अघि)

प्रिय अभिभावक, नमस्कार ।

विगत ७ महिनादेखि हामी हजुरका प्यारा नानीहरुको हेरचाह गर्न पाउँदा आनन्दित महशुस गरिरहेका छौं र हजुरले पनि अनुभव गर्नु भएकै होला कि उनीहरु स्कुल जान पाउँदा कति रमाउछन् । अबको एक हप्ता उनीहरु आफ्ना मातापितासँग अमूल्य समय बिताउन गइरहेका छन् । उनीहरुको यो समयलाई अझ सुन्दर बनाउन हामी केही कुराहरु शेयर गर्न गइरहेका छौ ।
• कम्तीमा हप्तामा २ पटक आफना नानीहरुसँग सँगै बसेर खाना खानुहोस् । उनीहरुलाई किसानको महत्व र कडा परिश्रमको बारेमा बुझाउँदै खाना फाल्नु हुदैन भन्ने कुरा सिकाउनुहोस् ।
• खाना खाईसकेपछि आफुले खाएका प्लेटहरु धुन दिनुहोस् । यसबाट उनीहरुलेश्रमको मूल्य बुझ्न सकुन् । उनीहरुलाई किचनमा खाना पकाउन सहयोग गर्न भन्नुहोस् । सलाद र फलफुल काट्न दिनुहोस् ।
• उनीहरुलाई आफ्नो कार्यस्थल लानुहोस् र यो बुझ्न मौका दिनुहोस् कि तपाइले आफ्नो परिवारको लागि कति कडा परिश्रम गरिरहनुभएको छ
• . उनीहरुलाई वाहिर खेल्न, फोहोरी हुन र घाइते हुन दिनुहोस्। यो अनुभव पनि उनीहरुलाई गर्न दिनुहोस् । कोठाको आरामदायी सोफामा वसिरहँदा उनीहरु अल्छि स्वभावका बन्न सक्छन्
• उनीहरुलाई घरपालुवा जनावर पाल्न र बगैचामा खेल्न दिनुहोस् । यसवाट उनीहरुले जनावरलाई माया गर्न र प्रकृतिसँग रमाउन सिकुन् ।
• उनीहरुलाई मोबाइल, कम्प्युटर र विद्युतीय सामानहरुवाट टाढै राख्नुहोस् । यी प्रयोग गर्न भविष्यमा उनीहरुसँग पर्याप्त समय हुनेछ । यसको सट्टामा रंगीन चित्र भएका कथाका किताबहरु किनीदिनुहोस्।
• चकलेट, चिप्स जस्ता जंक फुडहरुवाट आफ्ना नानीहरुलाई टाढै राख्नुहोस् । आफनो सानो नानीको आँखामा हेरी भगवानलाई यो सुन्दर उपहारको लागि धन्यवाद दिनुहोस् । अबको केही वर्षमै उनीहरुले उल्लेखनीय उचाई प्राप्त गरिसकेका हुनेछन्।
• अभिभावकको रुपमा हजुरले आफनो समय उनीहरुलाई दिनु नै हुनेछ भन्ने हामीले आशा राखेका छौं । माथी उल्लेख गरीएका कार्यहरुको फोटो खिचेर स्कुल खुल्ने दिन लिएर आउन नभुल्नुहोला ।
नवराज घिमिरे

(लेखक भीमसेन आदर्श नमुना मा.वि.का सहायक प्रधानाध्यापक हुन)

Write your Comment