आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

बाघ आतंक र मेराे सल्लाह

    प्रकाशित २०७८ पौष २६, सोमबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली । गत मंसिरकाे दाेस्राे सातादेखि नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आक्रमणमा परेर दुई जनाको ज्यान गईसकेकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । सामुदायिक वनका हेरालु, सालको पात टिप्न जाने महिला, गाईबस्तु चराउन गएका वृद्ध बाघको आक्रमणमा परेका समाचार आइरहँदा स्थानीय प्रशासनले चासो दिएको भने खासै देखिएको छैन ।
यस्ताे परिस्थितिमा कसरी जाेगिने अथवा बाघसंग कसरी सुरक्षित रहने त भन्ने बारेमा केही अनुभव र मेराे अध्ययनले भ्याएसम्मका कुराहरु यहाँहरु समक्ष राखेकाे छु ।

बाघको आक्रमणबाट बच्ने सामान्य उपायहरु
१. जङ्गल जादा सधै बलियो लौरो बोकेर जाने गर्नुस।
२. जङ्गल जादा एक्लै नभएर समुहमा जानुस।
३. जुन ठाउमा जाँदै हुनुहुन्छ त्यस ठाउको बारेमा जानकारी लिनुस।
४. जाने ठाउँमा जमिनमा कुनै वन्यजन्तुको ताजा पाईला छ/ छैन हेर्नुहोस। ताजा पाईला छ भने त्यतातिर नजानुहोस।
५. यदि तपाई भएको जङ्गल वरपर बाँदरहरु , मृगहरु अथवा चराचुरुङ्गीहरुले सामान्य गर्ने कृयाकलाप भन्दा अरु कृयाकलाप गर्दैछ भने जस्तै : जोड्ले अलि डराएको आवाज निकाल्ने। गर्यो भने त्यहाँ बाघ, चितुवा अथवा अन्य मांसाहारी जनावर हुन सक्ने सम्भावना बढी हुन्छ।
६. बाघ देखि हाले अथवा जम्का भेट भैहाल्यो भने नआत्तिने। बाघको अवस्था हेरेर आफु त्यस ठाउँबाट सुरक्षित ठाउँतर्फ जाने ।

७. यदि बाघ सङ्ग जम्का भेट भएमा नआत्तिने र बाघ सङ्ग नजर जुधाउने यसो गरेमा बाघ डराउन सक्छ र बाघले अगाडीबाट आक्रमण गर्दैन। यदि आक्रमण गर्न आईहाल्यो भने आफू सङ्ग यदि लौरो छ भने बाघको नाक संवेदनशील अङ्गमा लौरोले हिर्काउने यदि अरु साथिहरु छ्न भने सबै जना सङ्गै एक ठाउँमा भेला (जम्मा) हुने । आवश्यक परे हो हल्ला गरेर तर्साउने ।

८. यदि आक्रमण गरिहाले र घाईते भएमा तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्ने।

९. बाघ, चितुवा जस्ता जनावर सजिलै आफुलाई सानो घाँस, बुट्यान, झाडिमा आफ्नो शरिरलाई लुकाउन सक्द्छन।
१०. यदि मान्छे खाने बाघ छ भने मान्छे देख्दा लुसुक्क झाडी, घाँसमा गएर लुक्छ। उस्ले झुक्याउन सक्छ।
११. जङ्गल जानै परे १० बजे तिर जान सकिन्छ र १ बजे पछि नजाने किनभने बिहान र अपरान्ह बाघ बढि सकृय हुने गर्दछ।

बाघले आक्रमण गर्ने अवस्था
१. बुढो भएर सिकार गर्न नसकेको अवस्थामा, आहारा कुरेर बस्ने।
२. बच्चा भएको अवस्थामा।
३. घाईते भएको अवस्थामा।
४.भाले लाग्ने समयमा।
५. आराम गरिरहेको बेला नजिकै पुगेमा।
६. सिकार गर्न लागेको अवस्थामा।
७. सिकार गरेर खाईरहेको अवस्थामा नजिक गएमा।

सबै जनाले अवलम्बन गरि मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा हातेमालो गराैं ।
जय संरक्षण ।

Write your Comment