आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

किशोरी अधिकारका सवालमा कावासोतीमा छलफल

    प्रकाशित २०७८ पौष २२, बिहिबार (२ साल अघि)


कावासोती।  किशोरी अधिकारका सवालमा सबै सरोकारवाला गम्भिर भएर लाग्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोती नगरपालिका वडा नम्बर १४ मा भएको किशोरी अधिकार संरक्षणको लागि सरोकारवालाहरू सँगको छलफल कार्यक्रममा सहभागिले किशोरीका बिभिन्न समस्याहरू रहेको र ती समस्या समाधान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबै मिलेर लाग्नुपर्ने बताएका थिए । वडा स्तरीय छलफल कार्यक्रममा बोल्ने सरोकारवालाहरूले किशोरी, बालबालीकाको सवालमा वडामा भएका समस्याहरू र त्यसको समाधानमा गर्नुपर्ने कार्यका विषयमा आफ्ना धारणा राखेका थिए ।

सबै सामाजिक संस्थाहरूमा प्याडको व्यवस्था गर्नुपर्ने, लागूऔषध दुर्व्यसनीबाट बालबालिकालाई जोगाउन कदम चाल्नुपर्ने, किशोरी मैत्री संरचना निर्माणमा जोड दिनुपर्ने लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किशोरी अधिकारका सवालमा देखिएका चुनौती ,वडा स्तरबाट गर्न सकिने काम लगायत संस्थाले किशोरी तथा बालबालिकाको क्षेत्रमा गर्दै आएका कामका बारेमा जानकारी दिनुभएको थियो ।

जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी, महिला समूहका व्यक्ति, शिक्षक ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष जित बहादुर महतोले किशोरीहरुका लागि प्याड व्यवस्थापनमा विद्यालय स्तरमा बजेट विनियोजन गरि काम गरेको र आगामी दिनमा समेत कार्यक्रममा पहिचान भएका सवालहरूमा केन्द्रित भएर वडाले सक्दो काम गर्ने बताउनु भएको थियो । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोती नगरपालिकामा किशोरी सशक्तीकरण कार्यक्रम मार्फत किशोरी लक्षित बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

Write your Comment