आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

अमर सामुदायिक वनको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: होमनाथ पौडेल विजयी

    प्रकाशित २०७८ पौष १८, आईतबार (२ साल अघि)


विश्वास लामिछाने, देवचुली । अमर सामुदायिक वन को ११ औं अधिवेसनबाट अध्यक्षमा पुन: होमनाथ पौडेल चयन भएका छन । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा पौडेलले ४ सय १८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी राजेन्द्र काफ्लेले ३ सय ७९ मत ल्याइ पराजित भएका हुन् भने स्वतन्त्र उम्मेद्वार तुलसी राम भुसालले ३२ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा नेत्र भुसालले ५ सय ३५ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्धन्दी टिकाराम भुर्तेलले २ सय ९७ मत ल्याएका थिए । सचिवमा फुलमाया बि. क.ले ४ सय ३३ मत प्राप्त गरि विजयी बनेकी हुन्  भने उनका प्रतिद्धन्दी बन्दना बसेलले ३ सय ६६ मत ल्याएकी थिईन ।सहसचिवमा सन्जु सिग्देलले ३ सय ५५ मत प्राप्त गरि विजयी भएकी हुन् भने उनका प्रतिद्धन्दी धनकुमारी आचार्यले ३ सय ४९ मत ल्याएकी थिईन ।
त्यस्तै कोषाध्यक्षमा लोकनाथ वाग्लेले ४ सय ५१ मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रतिद्धन्दी यम बहादुर छेत्रीले ३ सय ३१ मत ल्याएका थिए । यस्तै महिला लेखा सदस्यमा मिना बसेल चयन भएकी छन । लेखा समिति सदस्यमा काशिनाथ पोख्रेल र सेरबहादुर पौडेल चयन भएका छन ।
होमनाथ पौडेल तेस्रो कार्यकालको लागी अध्यक्षमा निर्वाचित भएका हुन् ।प्यानल बनाइ उमेद्ववारी दिएका गठबन्धनको तर्फबाट अध्यक्ष, १ लेखा सदस्य र वार्ड सदस्य विजयी भएका छन भने उपाध्यक्ष लगायत अन्य पदाधिकारी एमाले तर्फको प्यानलबाट विजयी भएका छन । १३४६ मतदाता भएको वनको निर्वाचनमा जम्मा ९५६ मत खसेको थियो ।
निर्वाचन शान्तिपूर्ण र सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिंदै र केही दिन भित्रमै निवाचित पदाधिकारीहरुलाई सपथ ग्रहण र घोषणा सभा गरिने निर्वाचन समितिका संयोजक युवराज वाग्लेले बताए ।
नव निर्वाचित अध्यक्ष पौडेलले अमुल्य मतदान गरी विजयी गराउनुभएका सम्पूर्ण उपभोक्ताहरुलाई धन्यवाद समेत दिएका छन् । उनका अनुसार सबैको भावनालाई समेट्दै आफुले वन, वन्यजन्तु र मानव बस्तिको सन्तुलित सम्बन्धलाई संरक्षण र संवर्द्धन गर्नको लागि काम गर्ने बताए ।

Write your Comment