आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानीको निर्वाचन: संयुक्त गठबन्धनबाट नारायण पौडेलसहितको प्यानलको उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ पौष १३, मंगलबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाको नयाँ संचालक समितिका लागि संयुक्त गठबन्धनले आफ्ना प्यानलका उम्मेदवारहरुको घोषणा गरेको छ ।

यहि मंसिर १९ गते हुने प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनावका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटीको संयुक्त गठबन्धनबाट आज दलदलेमा एक कार्यक्रम गरि उम्मेदवारी घोषणा गरिएको हो । संयुक्त गठबन्धनबाट अध्यक्षमा नारायण पौडेल ,सचिव इन्द्रमणी भुसाल , लेखा संयोजक लिलाधर अधिकारी , लेखा सदस्य महिला तर्फ सरस्वती चापागाई र लेखा सदस्य शंकर बहादुर नेपाली रहेका छन ।

त्यस्तै सदस्यहरुमा ब्लक १ बाट लक्ष्मी तिवारी, ब्लक २ बाट रमा भट्ट दवाडी, ब्लक ३ बाट नन्दुलाल धिताल, ब्लक ४ बाट दुर्गाकुमारी रेग्मी, ब्लक ५ बाट सागर भण्डारी, ब्लक ६ बाट ओमप्रसाद सारु, ब्लक ७ बाट कृष्ण ढकाल, ब्लक ८ बाट रामबहादुर गुरुङ, ब्लक ९ बाट जस बहादुर लुङ्गेली रहेका छन।

Write your Comment