आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

महाराजा सामुदायिक वनको कार्य समितिमा कोषाध्यक्ष बाहेक सर्वसम्मत उम्मेदवारी दर्ता

    प्रकाशित २०७८ पौष ९, शुक्रबार (२ साल अघि)

नवलपुर । देवचुली १५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समितिका लागि मनोनयन दर्ता भएको छ ।शुक्रबार भएको मनोनयन दर्तामा कार्य समितिको कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत उम्मेदवारी दर्ता भएको छ। त्यस्तै अनुगमन तथा मुल्यांकन उप समितिको सदस्यमा बाहेक अन्य उप समितिमा समेत सर्वसम्मत उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालका अनुसार अध्यक्षमा गनबहादुर राना, उपाध्यक्षमा टीकाराम पाण्डे, सचिवमा सीता ढकाल, सहसचिवमा नेत्रलाल श्रेष्ठको सर्वसम्मति उम्मेदवारी परेको छ । त्यस्तै सदस्यहरुमा दधिराम पाण्डे, पवित्रा श्रेष्ठ, रामबहादुर पौडेल, टेकमाया थापा, हरिकला पुरी, चन्द्रमणी उपाध्याय, टीकादेवी प्रधान, नारायण तिमिल्सिना, कोपिला सुवेदी र बिन्दुकुमारी विष्टको सर्वसम्मति उम्मेदवारी परेको छ ।
कार्य समितिको कोषाध्यक्ष एक पदका लागि २ जनाको उम्मेदवारी परेको छ भने अनुगमन समितिका लागि आवश्यक ५ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ ।कोषाध्यक्षमा देवीप्रसाद सापकोटा र कमलासिंह भण्डारीले मनोनयन दर्ता गरेका छन् भने अनुगमन तथा मुल्यांकन उप समितिमा रमेशबहादुर क्षेत्रीको संयोजकत्व सहित चन्द्रकान्त भुसाल, ढालेन्द्र घिमिरे, भरत शर्मा, खडानन्द काफ्ले, नारायण प्रसाद शर्मा र सीता अधिकारी पराजुलीले मनोनयन दर्ता गरेका छन् ।

आन्तरिक लेखा परिक्षण उपसमितिमा पनि सर्वसम्मति उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । उपसमितिको संयोजकमा कमलप्रसाद न्यौपाने सहित .सदस्यहरुमा जानकी कुमारी रेग्मी तिमिल्सिना र विष्णुप्रसाद श्रेष्ठको सर्वसम्मति मनोनयन परेको छ ।

सल्लाहकार उपसमितिको संयोजक दशरथ भुसाल सहित रुक्मागत पाण्डे, नारायणी भुसाल, पेमा पराजुली, डिलाराम भुसाल, ज्योतीलाल पंगेनी र काशीनाथ तिमिल्सिनाको सर्वसम्मति उम्मेदवारी परेको छ ।अन्तिम जाँचपास उपसमितिका लागि आवश्यक संख्या २ मा पनि सर्वसम्मति उम्मेदवारी परेको छ । उपसमितिको सदस्यमा कृष्णा गुरुङ र कर्णबहादुर सारुले मनोनयन दर्ता गरेका छन् ।

Write your Comment