आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुली १२ द्वारा क्रिकेट खेलाडीको बिदाई

    प्रकाशित २०७८ पौष ९, शुक्रबार (२ साल अघि)


नवलपुर। नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ८ गतेदेखि पोखरामा हुन गईरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ अन्तर्गत गण्डकी प्रादेशिक छनौट प्रतियोगिता खेल्न जाने खेलाडीहरुलाई देवचुली नगरपालीका वडा नं १२ वडा कार्यालयले विजयको शुभकामना सहित बिदाई गरेको छ ।

नवलपुर क्रिकेट संघद्धारा जिल्लाको प्रतिनिधित्व गर्दै खेल्न जाने १४ जना खेलाडि छनौट गरिएकोमा देवचुली नगरपालीका वडा नं १२ बाट मात्रै कप्तान विशाल पौडेल सहित गोविन्द विश्वकर्मा,शिशिर भुसाल र निश्चल भुसाल समेत ४ जना खेलाडीहरु छनौट भएका छन् ।
सो अवसरमा वडा अध्यक्ष दिनेश भुसालले खेलाडीहरुलाई वडा कार्यालयको तर्फबाट साठी हजार रुपैयाँ बराबरको क्रिकेट खेल सामाग्री हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै नगर खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारी,वडा सदस्य झकमाया बिक र दिव्यज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलले दोेसल्ला सहित शुभकामना प्रदान गर्नु भएको थियो ।

Write your Comment