आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

घुमाउरी सामुदायिक वनको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०७८ पौष ६, मंगलबार (२ साल अघि)


एलिना केसी,देवचुली । पछिल्लो समय पिकनिक स्पटका रुपमा परिचित रहेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार घुमाउरी पिकनिक स्पटको परिसरमा समूहका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता संस्था देवचुलीका अध्यक्ष कमल प्रसाद बाचे, नेपाल कम्युनिष्ट पार्टी माओवादी देवचुली ९ अध्यक्ष तुल्लसीराम अर्याल, नेपाली काँग्रेस देवचुली पार्टी सभापति कृष्ण बहादुर आले, नेपाल कम्युनिष्ट पार्टी एमाले देवचुली ९ का अध्यक्ष राम प्रसाद पन्त, नेपाली काँग्रेस गण्डकी प्रदेश नवलपुर १ ख का प्रदेश सभापति हेमु बिक्रम पाण्डे, देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारु, डिभिजन वन कार्यालय कावासोती प्रमुख मोहन राज काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले घुमाउरी पिकनिक स्पट सम्म पुग्ने बाटोका लागि अघिल्लो आर्थिक बर्षमा बजेट विनियोजन गरिएपनि यहाँका उपभोक्ताहरुले चासो नदिँदा बजेट फ्रिज भएकाले बाटो निर्माणले गति लिन नसकेको बताउनुभएको थियो । श्रेष्ठले अबका दिनमा घुमाउरीमा पोखरी ताल बनाउनका लागि आफ्नो कार्यकाल रहे सम्म सहयोग गर्ने बताउनुभएको थियो । साथै श्रेष्ठले छोटो समयमा नै घुमाउरीले विकासको कार्यमा फड्को मार्न सफल भएकोमा बधाई दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस व्यक्तिहरुले घुमाउरी सामुदायिक वनको यो समितिले पछिल्लो समय नवलपुरमा पिकनिक स्पटको रुपमा ख्याती कमाएको घुमाउरी पिकनिक स्पटको प्रशंसा गरेका थिए । घुमाउरी पिकनिक स्पटले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा घुमाउरी सामुदायिक वन उपभोक्ता समूहले देवचुली ९ मा रहेका ५ जना जेष्ठ आमाहरुलाई सम्मान, घुमाउरी पिकनिक स्पटको निर्माणमा सहयोग पुयाउने सहयोगी दाता, निवर्तमान समितिका पदाधिकारीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले घुमाउरी पिकनिक स्पटमा जडान गरिएको वाईफाई, पानीको फोहराको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण घुमाउरी सामुदायिक वन उपभोक्ता समूह सचिव मधुमाया गुरुङले गर्नुभएको थियो ।

Write your Comment