आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नवलले ३९ औं वार्षिकोत्सवको अवसरमा आँखा शिविर र रक्तदान गर्ने

    प्रकाशित २०७८ मंसिर २६, आईतबार (२ साल अघि)


खगेन्द्र पराजुली,नवलपुर। नवलपुरकै पहिलो संस्थागत विद्यालय न्यू नवल ईङ्लिस बोर्डिङ स्कूलले आफ्नो ३९ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

२०३९ साल पुस ४ गते स्थापना भएको विद्यालयले पुस २, ३ र ४ गते वार्षिकोत्सव लक्षित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
आज आईतबार विद्यालयमा आयोजित ३९ औं वार्षिकोत्सबका सन्दर्भमा अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा वार्षिकोत्समा सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिईएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माका अनुसार २ गते निशुल्क आँखा चेकजाँच, ३ गते रक्तदान कार्यक्रम र ४ गते स्थापना दिवसका अवसरमा वार्षिकोत्सव समारोह हुनेछ ।

विद्यार्थी, शिक्षक, अभिभावकलाई प्राथमिकतामा राख्दै सेवा लिन ईच्छुक सर्वसाधारणले समेत निशुल्क आँखा परीक्षण गराउन सक्ने विद्यालयका प्रिन्सीपल सदिप शर्माले जानकारी दिए । विद्यालयले आँखा शिविरका लागी देवचुली आँखा अस्पतालसँग समन्वय गरेको छ । शिविरमा भरतपुरबाट ३ जना आँखा विशेषज्ञले परीक्षणमा सहयोग पुर्याउने जनाईएको छ ।

यस्तै, ३ गते हुने रक्तदान कार्यक्रममा भरतपुर रक्तसञ्चार केन्द्रको समन्वय रहेको जनाईएको छ ।

स्थापना दिवसको दिन हुने समारोहमा कोभिडका कारण अगिल्लो शैक्षिक सत्रमा वितरण गर्न रोकिएको पुरस्कार वितरण, सम्मान लगायतका सहित साँस्कृतिक कार्यक्रम समेत रहने जनाईएको छ ।

अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सीपल खेमराज भटराई, वडा नं. १० का वडाध्यक्ष केशर आले, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता एवं पूर्व शिक्षक खिमानन्द भुसाल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सह–प्रधानाध्यापक यामप्रसाद भुसालले गरेका थिए ।

सरकारी–सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर रहेका बेला २०३९ सालमा रजहरमा खुलेको यस क्षेत्रकै पहिलो संस्थागत विद्यालय विभिन्न आरोह–अवरोह पार गर्दै अहिले देवचुली नगरपालिका वडा नं. १० प्रगतिनगरमा स्थायी रुपमा सञ्चालन भैराखेको छ ।

Write your Comment