आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कपमा बरटाँडी युवा क्लब सेमिफाईनल प्रवेश

    प्रकाशित २०७८ मंसिर २०, सोमबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा बरटाँडी युवा क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको बरटाँडी युवा क्लब र युनाईटेड युवा क्लब गिरवारी बीच भएको खेलमा बरटाँडी युवा क्लब ४-० गोल अन्तरले विजयी भएको छ । खेलमा बरटाँडी युवा क्लबको तर्फबाट आकाश रानाले २ गोल, सलिम तामाङ र सनि तामाङले १/१ गोल गरेका थिए । खेलमा बरटाँडी युवा क्लबका अनिल खडका उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल प्रगतिकला मन्दिर युवा क्लब र नवरङ्गी युवा क्लब कुढौलीबीच हुने क्लबका सचिव डण्डापाणी न्यौपानेले बताए ।

Write your Comment