आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कपमा अभिषेक चर्च रजहर सेमिफाईनल प्रवेश

    प्रकाशित २०७८ मंसिर १९, आईतबार (२ साल अघि)

राजु चापागाई,देवचुली । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको समाज सुरक्षा युवा क्लब र अभिषेक चर्च रजहरबीच भएको खेलमा अभिषेक चर्च रजहर ७-२ गोल अन्तरले विजयी भएको छ । खेलमा अभिषेक चर्च रजहरको तर्फबाट युमीले ४ गोल,नवराज गुरुङ , राज भुसाल र सुरेन्द्र गुरुङले १/१ गोल गरेका थिए भने समाज सुरक्षा क्लबका तर्फबाट अभिषेक महत्तोले २ गोल गरेका थिए । खेलमा अभिषेक चर्च रजहरका युमी उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबारको खेल युनाइटेड युवा क्लब गिरवारी र बरटाडी युवा क्लबबीच हुने क्लबका सचिव डण्डापाणि न्यौपानेले बताए ।

Write your Comment